
१उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
३सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
४कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
५गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
६जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
७कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
८२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
९गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१२अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
काठमाडौं । एयर चाईनाको जहाज चार्टर्ड गरेर चिनियाँ राजनीतिक टोलीे राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आईपुगेको छ । चिनिया टोली दुई चिरा भएका कम्युनिष्टलाई मिलाउन राष्ट्रपति सिको निर्देशनमा नेपाल आएका हुन् । उक्त टोली बेइजिङबाट छङ्तु हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिएको हो ।
नेपालमा राजनीतिक संकट चर्किदैं गएको बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्र्तराष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा ६ सदस्यीय टोली दिउँसो साढे १ बजे काठमाडौं आएको हो ।
काठमाडौं ओर्लिए लगत्तै चार सदस्यीय चिनियाँ टोली बालुवाटारस्थित आफ्नै दुतावासमा पुगेको छ । टोलीमा कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बढ्दै गएको राजनीतिक संकटले चीनको ध्यानाकर्षण गराएको हो ।
नेपालमा रहेकी चिनियाँ राजदूत होउ यान्छीले पनि पहिलेदेखि नै नेकपामा उत्पन्न विवाद मिलाउन र पार्टी फुट्न नदिन पटक–पटक प्रयास गर्दै आईरहनु भएको थियो । राजदुत यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीदेखि शीर्षस्थ नेताहरुलाई उनीहरु कैं निवासमा पुगेर समस्या समाधानका लागि पहल गर्दै आईरहनु भएको थियो ।
चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी प्राप्त हुन नसके पनि स्रोतका अनुसार चिनियाँ दुतवासमा व्रिफिङ लिएर उनीहरु भेटघाटमा सक्रिय हुनेछन् । चार दिनसम्म उनीहरुले विभिन्न राजनीतिक भेटघाट गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
नेपालमा रहँदा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छन् । टोलीले राजनीतिक नेतृत्व बाहेक सेनाका उच्चअधिकारीसँग पनि भेटभाट गर्ने कार्यक्रम रहेको छ ।
यसअघि पनि टोली ०७४ फागुनमा पनि नेपाल आएको थियो । त्यसको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । भारतले नोट गरेको जानकारी दिएपनि चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया अहिलेसम्म दिएको छैन ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की