
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले निर्वाचन आयोगबाट आधिकारिकता पाउने जिकिर गर्नुभएको छ । यही पुस ७ देखि ९ गतेसम्म चलेको तेस्रो केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको केन्द्रीय कमिटीका बहुमत सदस्य आफूहरुतिर भएको जनाउँदै आफूहरुले नै आधिकारिक मान्यता पाउने बताउनुभयो ।
“तेस्रो केन्द्रीय कमिटी बैठकमा ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ जनाको समर्थन र उपस्थिति रहेको छ”, उहाँले भन्नुभयो, “संविधान, दलसम्बन्धी ऐन, नियम हेरेर अत्यधिक बहुमत भएकाले पार्टीको नाम, झण्डा र निर्वाचन चिह्न पाउनेमा विश्वस्त छौँ ।” नेकपाले आजै ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुुनाव चिह्न आफूूले पाउनुपर्ने माग गरी निर्वाचन आयोगमा ज्ञापनपत्र दिएको थियो ।
पार्टीको दुई तिहाइ केन्द्रीय सदस्यको उपस्थिति भएको पार्टीले आधिकारिकता पाउनेमा कुनै दुई मत नभएको जनाउँदै उहाँले भन्नुभयो, “दलसम्बन्धी ऐन, कानूनमा भएको व्यवस्थाबमोजिम निर्वाचन आयोगले निर्णय गर्नेमा विश्वस्त छौँ, आयोगप्रति हाम्रो पूर्ण भरोसा छ ।”
आयोगका पदाधिकारीसँगको छलफलका क्रममा पार्टीको विधान, स्थापित नजीर र प्रचलित कानूनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट न्याय निरुपण गरिने विश्वास दिलाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले संविधानमा हुँदै नभएको प्रावधान देखाएर प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै अध्यक्ष दाहालले भन्नुभयो, “संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान विघटन गर्ने अधिकार दिएको छैन ।” प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्दा नेपालको राजनीति जटिल मोडमा पुगेको उहाँको भनाइ थियो ।
प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले बदर गर्नेमा आफूहरु पूर्ण विश्वस्त रहेको जनाउँदै उहाँले अदालतप्रति आफूहरुको पूर्ण भरोसा रहेको बताउनुभयो । “अदालतप्रति भरोसा छ, अदालतले संविधानको मर्म, भावना र जनताको चाहनाअनुसार फैसला गर्नेछ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा आजैदेखि आन्दोलनमा गइसकेको उल्लेख गर्दै उहाँले पहिलो चरणको आन्दोलनले संसद् पुनःस्थापना नगरे फेरि अर्को सङ्घर्ष गर्ने चेतावनी दिनुभयो ।
‘सरकारलाई सक्दो सहयोग गरेँ’:
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन आफूहरुले पार्टी एकता गरेको स्मरण गर्दै सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्दो सहयोग गरिएको बताउनुभयो । उहाँले मुलुकमा स्थिर सरकार बन्नुपर्छ भनेर आफूले आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई पनि छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर उहाँलाई पाँचै वर्ष सरकार चलाउन सहयोग गरेँ ।”
पदमा हुने व्यक्ति विनम्र हुनुपर्छः अध्यक्ष नेपाल
अर्का अध्यक्ष माधवकुमार नेपालले पदले व्यक्तिमा अहङ्कार पैदा गर्ने गरेको बताउनुभयो । “पदमा भएपछि जो कोही पनि विनम्र हुनुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको कम्युनिष्ट एकता र आन्दोलनले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको थियो ।”
आधिकारिक नेकपा आफूहरु नै भएको र पार्टीको सबै सम्पत्ति पनि आफूहरुको भएको उहाँले बताउनुभयो ।“नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सबै सम्पत्ति हाम्रो हुनेछ” ।
कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन धेरै प्रयास गरिए पनि हठका कारण सम्भव नभएको बताउनुभयो । “पार्टीमा देखिएका विवाद समाधान गर्न हामीले बारम्बार उहाँलाई बैठक बसौँ भन्यौँ”, उहाँले भन्नुभयो, “तर अध्यक्ष ओली बैठकमा बस्न चाहनुभएन ।” उहाँले पार्टी विभाजन नभएको र कोही व्यक्ति असन्तुष्ट भएर चोइटिएको हुन सक्ने टिप्पणी गर्नुभयो ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन