
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति, गतिविधिविरुद्ध आन्दोलन गर्ने र एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध सङ्घर्ष गर्ने उद्देश्यले पहिलो चरणको कार्यक्रमको घोषणा गरेको हो ।
पार्टी सङ्गठन सुदृढीकरण र सङ्घर्षको पहिलो चरणको कार्यक्रमअन्तर्गत यही पुस १० गते पार्टी केन्द्रीय कमिटीका सदस्य र पार्टीका सांसद–पूर्वसांसदको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो । समसामयिक राजनीतिक परिस्थितिका विषयमा पार्टी अध्यक्षद्वयबाट शुक्रबार नै पत्रकारसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको छ । बैठकले पुस ११ गते प्रदेश कार्यालयको संयोजनमा विभिन्न कार्यक्रम र सात दिनभित्र प्रदेश कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसैगरी पुस १२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरिनेछ । “उक्त कार्यकर्ता भेलामा एकीकृत पार्टीलाई कसरी सशक्तरुपमा अगाडि बढाउने, पार्टी एकताविरुद्ध भएका षड्यन्त्र र भ्रमलाई कसरी चिर्ने, प्रतिनिधिसभा विघटनविरुद्ध कसरी सङ्घर्ष अगाडि बढाउने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिनेछ”, उहाँले भन्नुभयो ।
राजधानीका साथै सबै जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध पुस १४ गते विरोध प्रदर्शनको कार्यक्रम सञ्चालन गर्ने तथा पुस २० गतेसम्म सबै गाउँपालिका र नगरपालिका र पुस २५ गतेसम्म वडास्तरमा पार्टी बैठक र भेला आयोजना गरिने निर्णय भएको जनाइएको छ । सबै जनवर्गीय तथा मोर्चा सङ्गठनको केन्द्रीय बैठक र आवश्यकताअनुसार भेला पुस १४ गतेसम्म आयोजना गरिने बताइएको छ । बैठकले विरोध कार्यक्रमलाई स्थानीयरुपमा पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले सङ्घर्षको कार्यक्रमलाई व्यवस्थित ढङ्गले परिचालन गर्न प्रवक्ता श्रेष्ठको संयोजकत्वमा दुुई हजार ५०१ सदस्यीय केन्द्रीय सङ्घर्ष समितिको गठन गरिएको छ । पहिलो चरणको सङ्घर्षको कार्यक्रमपछि अझ सशक्त र प्रभावकारी रुपमा उच्चस्तरको कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । बैठकले सम्बन्धित प्रदेशसँग सम्बन्धित स्थायी कमिटी सदस्य र प्रदेश कमिटीका पदाधिकारीलाई तत्कालै पार्टी र सङ्घर्षको कार्यक्रममा जुट्न आआफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिएको छ ।
पार्टीलाई नमूना बनाउँछौँ : अध्यक्ष नेपाल
बैठकमा अध्यक्ष माधवकुमार नेपालले एकीकृत पार्टीविरुद्ध भइरहेका सबै प्रकारको षड्यन्त्र असफल पारेर एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । “कम्युनिष्ट पार्टी क्रान्तिकारी उद्देश्यप्रति समर्पित हुँदै विधि, पद्धतिअनुसार चल्छ भन्ने विषयलाई नमूनायोग्य ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौँ”, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भन्नुुभयो ।
अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनलाई जनताको ठूलो सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको कदमका रुपमा अथ्र्याउनुुभएको श्रेष्ठले जानकारी दिनुुभयो । अध्यक्ष दाहालले ऐतिहासिक परिवर्तन, संविधान, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्दै समृद्ध नेपाल बनाएर समाजवादको दिशातर्फ अगाडि बढाउन थप सङ्घर्ष गर्न तयार हुनुुपर्नेमा जोड दिनुुभएको थियो ।
पार्टी एकता विरोधी षड्यन्त्रलाई सफल हुन नदिने, एकतालाई सुदृढ गर्ने, विघटन भइसकेका पूर्वपार्टी ब्युँताउने षड्यन्त्रलाई असफल पारेर नेकपालाई एकीकृत, क्रान्तिकारी र सशक्त पार्टीका रुपमा विकास गर्न ऊर्जाशील भएर काम गर्न सबै नेताकार्यकर्तालाई उहाँले निर्देशन दिनुुभएको थियो ।
महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई
बैठकपछि प्रवक्ता श्रेष्ठले छिट्टै पार्टी महासचिवको टुुङ्गो लाग्ने बताउनुुभयो । बैठकले महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई दिएको जनाइएको छ ।
महासचिव चयनका विषयमा बाहिर सार्वजनिक भएजस्तो कुनै विवाद नरहेको जिकिर गर्दै उहाँले भन्नुुभयो, “हाम्रो पार्टीमा अहिले त्यसप्रकारको विवादसहितको दाबी आएको छैन । विवादका कारण महासचिव चयनमा ढिला भएको सत्य होइन ।” स्थायी कमिटीको सर्वसम्मतिबाट महासचिव चयन गरिने उहाँले बताउनुुभयो ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर