
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमप्रति गल्ती स्वीकार्नुभएमा यथोचित जिम्मेवारी दिन अझै तयार रहेको बताउनुभएको छ । नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समितिका सदस्यको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संसद् भङ्ग गर्न गल्ती भयो, साथीहरुको भावना समेट्न सकिन, म पश्चात्ताप गर्छु भनेर आउन चाहनुभयो भने उहाँलाई स्वागत गर्न अहिले पनि हामी तयार छौँ ।”
प्रधानमन्त्री ओलीले पश्चाताप नगरेमा स्थायी समितिको निर्णयअनुसार उहाँमाथि अनुशासनको कारवाही हुने अध्यक्ष दाहालले स्पष्ट गर्नुभयो । वर्तमान संविधानको मर्म र भावनाविपरीत अख्तियारको दुरुपयोग गर्दै प्रधानमन्त्रीबाट संसद् भङ्ग गरिएको जिकिर गर्दै उहाँले संविधानतः संसद् भङ्ग भएको होइन, भङ्ग भएको ओलीको सरकार मात्र हो, विघटन भएको सरकार हो, संसद् होइन भनी बहुसङ्ख्यक पूर्वसदस्य अदालत गएर भन्नुपर्ने अवस्था आएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो”, “हामी संसद्को प्रमुख पार्टी हुनुको नाताले विघटन अवैध छ भनेर कानूनी उपचार खोजीसँगै सङ्गठन र समाजमा पनि सन्देश फैलाउनुपर्छ ।”
प्रधानमन्त्रीको कदमलाई अदालतले संविधानको प्रावधानको गहिरो अध्ययन गरी जनभावना र राजनीतिक दलको भनाइ बुझेर निर्णय गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जनतालाई आन्दोलनमा राम्रोसँग परिचालन गर्न सकेनौँ भने देश दुर्घटनामा जाने खतरा रहेको बताउँदै अध्यक्ष दाहालले समाजमा जाने र कार्यकर्ता परिचालन गर्ने कार्य जोडतोड तुल्याउन आवश्यक छ भन्नुभयो । पार्टीभित्रका समस्या, घटना र एकीकरणपछि अहिलेसम्मको सहयात्रासम्बन्धी बैठकमा लामो फेहरिस्त सुनाउँदै अध्यक्ष दाहालले आजको बैठक र आफ्नो समूहको पार्टीको आधिकारिकताको पुष्ट्याइएका विभिन्न आधार प्रस्तुत गर्नुभयो ।
३१५ जना उपस्थितिको जिकिर
नेकपाका ४४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमध्ये आजको बैठकमा ३१५ जनाको सहभागिता रहेको जनाइएको छ । केन्द्रीय समितिको बिहीबार बस्ने बैठकमा वर्तमान वस्तुस्थितिबारे अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति बनाइने जानकारी दिइएको छ ।
उक्त समूहले बुधबार आफ्नो समूहको विघटित प्रतिनिधिसभामा रहेका सदस्यको बैठक राखेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सञ्चालनमा देखिएका समस्या र पछिल्लो समय संसद् विघटन भएको घटनासम्मको अवस्थाको विश्लेषण गरी सही र गलत छुट्याएर एकताबद्ध हुन पार्टी पङ्तिलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “सही नीति र व्यवहारका आधारमा पार्टीलाई एकताबद्ध गराउँछौँ, संविधान, गणतन्त्र, सङ्घीयता रक्षा र पार्टी एकताका लागि हामी सबै क्रियाशील हुनुपर्छ ।”
अर्का नेता नेपालले प्रधानमन्त्रीले दलको निर्णयको अवज्ञा गरेकाले वर्तमान सङ्कट निम्त्याएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा संसद् विघटन गर्ने कुनै प्रावधान नै छैन, प्रधानमन्त्री ओलीले पार्टी र सरकार चलाउन सक्नुभएन । पछिल्लो कदमले लोकतन्त्र र गणतन्त्र नै धरापमा पर्न सक्छ । पछिल्लो कदमले देशलाई अस्थिरतातिर जाने ढोका खोलेको छ ।”
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रका समस्या र वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको उक्त बैठकमा स्थायी समिति सदस्य भीमबहादुर रावलले प्रधानमन्त्रीले दलको नीति, सिद्धान्त, कार्यक्रम र जनताको आकाङ्क्षाको अवज्ञा गर्दै अघि बढ्न खोजेको आरोप लगाउनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै