
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
रुपन्देही । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो ।
सात वर्षदेखि १४ वर्षको उमेरसम्म लगातार बलात्कार गरेको भन्दै दाजुविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्दा हालेपछि घटनाको रहस्य बाहिर आएको हो । गत मङ्सिर २३ गते पीडित युवतीले हाडनाता करणीअन्तर्गत मुद्दा दिएको अदालतले जनाएको छ । पीडित युवतीका अनुसार ओढारखोलास्थित घरमा दाजुले लगातार बलात्कार गर्ने गरेका थिए ।
तत्कालीन समयमा पाल्पाको तानसेनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले आफू बस्ने कोठामा लगेर पटकपटक बलात्कार गर्ने गर्थे । सानै उमेरमा बलात्कार भएका कारण परिवारलाई पिडा हुने देखेर बाहिर बोल्ने आँट नगरेको भए पनि अहिले बुबा आमाको मृत्यु भएपछि दाजुविरुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ । “म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिन, विस्तारै ठूली हुँदा बुबा आमालाई पीडा हुन्छ की भनेर मौन रहेँ”, पीडित महिलाले भन्नुभयो, “अहिले बुवा आमा पनि बित्नुभयो र आँँट गरेर उजुरी हालेँ ।”
सानै हुँदा बलात्कारका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाईले घरमा बाँधेर राख्ने गरेको पिडा सुनाउँदै उहाँले त्यसपछि आफू भागेर काठमाडौँ भएको बताउनुभयो । बाँधेर राखेपछि म धेरै कमजोर भएँ तर मेरो बारेमा बोलिदिने कोही भएन, दाजुको व्यवहारले घरमा बस्न मन नभएपछि भागेर हिँडेको उहाँले सुनाउनुभयो ।
लगातारको बलात्कारका कारण अहिलेसम्म मानसिक यातना भोग्नुपरेको पीडित युवतीको गुनासो छ । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले विभिन्न औषधि खुवाएर बलात्कार गर्ने । “आफ्नै दाइले यस्तो गर्छ भनेर मैले सोचेकी थिइन्, असह्य पिडाले मलाई मानसिक समस्या भयो”, उहाँले भन्नुभयो, “डाक्टरसँग परामर्श लिएर उपचार गरेपछि मानसिक समस्याबाट छुटकारा पाएँ ।”
करीब चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको अनुभव सुनाउँदै पीडत युवतीले अब सात वर्षसम्म सहेको बलात्कारको पिडा र अहिलेसम्म भोगेको मानसिक यातनाविरुद्ध न्याय खोज्न नेपाल फर्किएको बताउनुहुन्छ । “तीन महिनाको अन्तरालमा बुवा र आमा गुमाए, कोरोना सङ्क्रमित भएकाले मुख देख्न आउन पाइन, मन सम्हालेर आफूमाथि भएको अन्याय विरुद्ध न्यायका लागि अदालतको ढोका ढक्ढकाएकी छु”, पीडित युवती भन्नुहुन्छ, “न्याय मरेको छैन भने आवश्यक पाउनेछु भन्ने आशा छ ।” मुलुकी अपराध संहिता २०७४ अनुसार हाडनातामा करणी भएमा जन्मकैददेखि १० वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की