
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
काठमाडौं । सत्तारुढ नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई नयाँ अध्यक्षको रुपमा चयन गरेको छ । अध्यक्ष खड्गप्रसाद ओलीलाई अनुशासनको कारवाही गर्दै बैठकले अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय पनि गरेको छ ।
आज बबरमहलस्थित कार्की ब्याङक्वेटमा बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेता नेपाललाई अध्यक्ष चयन गरिएको थियो । सो बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित गरेको छ ।
सो बैठकमा केन्द्रीय सदस्य प्रभु शाहले दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गर्नुभएको थियो । पुनः दुई अध्यक्ष नाटक जस्तै भएको भन्दै जनतामा आशाको सञ्चार गराउन पनि एउटै अध्यक्षको नेतृत्वमा अघि बढ्नु पर्ने उहाँको भनाई थियो ।
संसद विघटनको सिफारिस गरेर अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धको काम गरेको भन्दै अनुशासनको गम्भीर उल्लंघन भएको हुँदा पार्टीको अन्तरिम विधान अनुसार कारबाही गर्दै पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गरेपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरिएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको एकाधिकारवादी सोंच र व्यवहारका कारण आलोपालोको मान्यता पुरा हुन नसकेको भन्दै आफूहरु मिलेर अघि बढ्ने ऐक्यवद्धता प्रकट गर्नुभयो । अर्को बैठक बिहीबार साढे ११ बजे बस्ने गरी आजको बैठक टुंगिएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी