
१अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
३भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
४१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
५पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
६पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
७पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
८आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौं । सत्तारुढ नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई नयाँ अध्यक्षको रुपमा चयन गरेको छ । अध्यक्ष खड्गप्रसाद ओलीलाई अनुशासनको कारवाही गर्दै बैठकले अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय पनि गरेको छ ।
आज बबरमहलस्थित कार्की ब्याङक्वेटमा बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेता नेपाललाई अध्यक्ष चयन गरिएको थियो । सो बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित गरेको छ ।
सो बैठकमा केन्द्रीय सदस्य प्रभु शाहले दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गर्नुभएको थियो । पुनः दुई अध्यक्ष नाटक जस्तै भएको भन्दै जनतामा आशाको सञ्चार गराउन पनि एउटै अध्यक्षको नेतृत्वमा अघि बढ्नु पर्ने उहाँको भनाई थियो ।
संसद विघटनको सिफारिस गरेर अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धको काम गरेको भन्दै अनुशासनको गम्भीर उल्लंघन भएको हुँदा पार्टीको अन्तरिम विधान अनुसार कारबाही गर्दै पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गरेपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरिएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको एकाधिकारवादी सोंच र व्यवहारका कारण आलोपालोको मान्यता पुरा हुन नसकेको भन्दै आफूहरु मिलेर अघि बढ्ने ऐक्यवद्धता प्रकट गर्नुभयो । अर्को बैठक बिहीबार साढे ११ बजे बस्ने गरी आजको बैठक टुंगिएको छ ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर