News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

अध्यक्ष ओलीलाई कारवाही गरिएको जानकारी निर्वाचन आयोगमा

'ओलीलाई कारवाही गरिएको विषयमा नेकपाका नेता पोखरेलले आज दिउँसो निर्वाचन आयोगमा जानकारी गराएका हुन्'

काठमाडौं । सत्तारुढ दलका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कारवाही गरिएको विषयमा नेकपाका नेता लीलामणि पोखरेलले आज दिउँसो निर्वाचन आयोगमा जानकारी गराएका छन् । प्रचण्ड र नेपाल समूहले सो जानकारी निर्वाचन आयोगमा गराएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नै संसद विघटन गरेपछि तत्कालै नेकपाको स्थायी कमिटीको बैठक बसेर ओलीलाई अनुशासनको कारवाही सिफारिस गरेको थियो । स्थायी कमिटीमा बहुमत सदस्यको उपस्थितिमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने विषयमा भएको निर्णयको छायाँकपी नेता पोखरेलले आयोगमा बुझाएका हुन् ।