News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रतिनिधिसभा विघटन विरुद्ध हस्ताक्षर संकलन शुरु

'संसद विघटन भएको भोलिपल्ट प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु सरकारको निर्णयका विरुद्धमा संसद बैठकस्थलमा'

तस्विर साभार चन्द्रबहादुर आले

काठमाडौं । संसद विघटन भएको भोलिपल्ट प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले सरकारको निर्णयका विरुद्धमा संसद बैठकस्थलमा भेला भएर हस्ताक्षर संकलन शुरु गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा सांसदहरुले संसद विघटन विरुद्ध हस्ताक्षर संकलन शुरु गरेका हुन् ।

सो हस्ताक्षर संकलन कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, गिरिराजमणि पोखरेल र वर्षमान पुन लगायत नेताहरूको पनि सहभागिता रहेको थियो ।

सत्तारुढ दलका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको भोलिपल्टै संसद बैठकस्थलमा सांसदहरु भेला भएका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि यो कदम असंवैधानिक भएको भन्दै आफ्नै पार्टीबाट व्यापक विरोध भईरहेको छ । सत्तारुढ दलका अन्य नेताहरुले सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै सर्वोच्च अदालतमा जाने तयारीका लागि पनि छलफलमा जुटिरहेका छन् ।