
१फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
३जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
४उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
५मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
६सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
९जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१०कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
११२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
काठमाडौँ । नेपाली खेलकूदको अभिलेखीकरण गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोगमा नेपाली खेलकूदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो ।
नेपाल ओलम्पिक कमिटीले आज पत्रकार सम्मेलन गर्दै नेपाली खेलकूदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजना ऐतिहासिक भएको बताउनुभयो । खेलकूदको इतिहासलाई जगेर्ना गर्न सङ्ग्रहालयको परियोजना सफल हुने उहाँको भनाइ थियो । पहिलो चरणको सहयोगअन्तर्गत सङ्ग्रहालयको काम अघि बढाइएको र अरू काम पनि साथासाथै अघि बढाइने श्रेष्ठले बताउनुभयो ।
नेपाल ओलम्पिक कमिटीको अनुरोधमा आइओसीले अभिलेखीकरणको परियोजना सञ्चालन गर्न सहयोग गरेको हो । उक्त परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । खेलकूदको इतिहासमा अभिलेखीकृत गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न परियोजना सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । एनओसी र नेपाल ओलम्पिक सङ्ग्रहालयको सहकार्यमा नेपाली खेलकूदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०– २०२१ शुरु भएको हो । सो कार्यक्रमका लागि नेपाल ओलम्पिक कमिटी र ओलम्पिक सङ्ग्रहालयबीच गत मार्चमा सम्झौता भएको थियो ।
फुटबल खेलाडी बिमल घर्तिमगर गम्भीर घाइते
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते हुनुभएको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उहाँको घुँडामा चोट लागेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उहाँको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउनुभयो ।
यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा पर्नुभएको थियो । उहाँ लामो समयको पखाइपछि बन्द प्रशिक्षणमा फर्किनुभएको हो । पछिल्लो समय बिमल मछिन्द्र क्लबमा आबद्ध हुनुहुन्छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की