
१कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
३टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
४सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
५स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
६‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
७‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
८गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
११गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
१२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
हरि बास्तोला
गण्डकी । कास्कीको मादी गाउँपालिकाका–११ स्थित तोगी लम्तरीका विनोद खनाललाई पैसा कमाउन न विदेश जानुपर्यो, न त शहर नै झर्नुपर्यो । उहाँले परिवारलाई सघाउँदै घरमा नै बसेर वार्षिक रु पाँच लाख आम्दानी गर्नुहुन्छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।
समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा रहेको विकट बस्तीमा सुगमताको अनुभव गर्दै २३ वर्षीय उहाँले मह बिक्री गरेर वार्षिक रु पाँच लाख आम्दानी गर्दै आउनुभएको छ । घर, आँगन र करेसाबारीको आसपासमा राखिएका ४० वटा मौरीका घारबाट उत्पादित महको मुख्य बजार पोखरालाई बनाउँदै आएको बताउने खनालले घरबाट प्रतिकिलो मह रु एक हजार र मागअनुसार सम्बन्धित स्थानमा पुर्याउँदा थप रु २५० यातायात खर्च लिने गर्नुभएको छ ।
“मौरीपालनका लागि कुनै पनि उमेरले छेक्दैन, खासै समय दिनु पनि पर्दैन सामान्य रेखदेख गरे पुग्छ”, उहाँले भन्नुभयो, “मौरीसँग खेल्न सक्ने हो भने पैसा कमाउन विदेश तथा शहरतर्पm भौँतारिनु पर्दैन ।” खरले छाएको घुमाउने घरमा परिवारसहित बस्नेमात्र नभई आधुनिक र परम्परागत गरी ११ वटा मौरीका घार चारैतर्पm झुन्डिएको देख्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्दछ ।
व्यावसायिक मौरीपालनलाई उमेरले छेक्दैन । यसलाई दीर्घकालीन पेशा बनाउने लक्ष्यका साथ बुबा ऋषिराम खनालले विसं २०६७ देखि शुरु गर्नुभएको पेशालाई आफूले सहयोग गर्दै आएको बताउँदै उहाँले २० घार मौरी हुने हो भने कोही पनि भोको र नाङ्गो नहुने बताउनुभयो ।
गोलासहितका घार बिक्रीबाट मनग्य आम्दानी
स्थानीय मौरीपालन व्यवसायका अगुवा कृषकका रुपमा परिचित पितृराज लामिछानेले भने मह बिक्रीभन्दा गोलासहितको घार बिक्री गरेर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ ।
कास्कीका पाँचवटै स्थानीय तह तथा गोरखा र स्याङ्जा जिल्लामा मौरीका घार बिक्री गर्दै आएको बताउँदै उहाँले लगभग वार्षिक ३०० भन्दा बढी घार बिक्री गरेर रु ३० लाख आम्दानी हुने गरेको जानकारी दिनुभयो । मागअनुसारको घार पुर्याउन नसक्दा छ महिनादेखि लाइनमा राख्नुपरेको उहाँको भनाइ छ ।
टुनी जातको काठको घारमा गोलासहित ११ हजार, उत्तिसको घारको रु आठ हजार मूल्यमा बिक्री गर्दै आउनुभएका उहाँले त्यसमा ढुवानी खर्च थप लाग्ने गरेको बताउनुभयो । घर आसपासमा अहिले ८० घार मौरी रहेका छन् । मह बिक्रीबाट पनि वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ ।
एउटा घारबाट फुटाएर एक वर्षमा १० वटा घारसम्म मौरी बनाउने गर्नुभएका लामिछानेले कतिपय स्थानमा कृषकलाई मौरीका घार प्रदान गरे पनि प्रविधि र ज्ञानको अभावमा उनीहरूले उचित फाइदा लिन नसकेको बताउनुभयो । कात्तिक, मङ्सिर र फागुन गोला वृद्धि गरी नयाँ घारमा राख्ने उचित महिना हुन् ।
पोखराबाट मह खरिदकै लागि उक्त गाउँमा पुगेका विष्णुप्रसाद बाँस्तोला, विष्णुहरि न्यौपाने, धर्मेन्द्र सिं र सञ्चारकर्मी गिरिधारी शर्माले शुद्ध र ‘अर्गानिक’ मह पाइने भएकाले यहाँसम्म आएको राससलाई बताउनुभयो । उनीहरुको टोलीले कृषकको ढोकामै पुगेर रु २३ हजार मूल्य बराबरको मह खरिद गरेको थियो ।
यस वर्ष अत्यधिक असिना र पानी परेको कारण मौरीलाई चरनसम्म पुग्न कठिनाइ हुनुका साथै फूल झरेकाले मह उत्पादनमा कमी आउँदा मागअनुसारको मह ग्राहकलाई पुर्याउन नसकेको कृषकको धारणा छ । घरमा आउने पाहुना हुन् वा आफूहरु बाहिर जाँदा गाउँको कोसेली मह बन्ने गरेको रीता खनाल बताउनुहुन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) इलाका संरक्षण कार्यालय सिक्लेसद्वारा ५० प्रतिशत अनुदानमा प्रत्येक घरलाई मौरीसहितको एक–एक घार वितरण गरेपछि यस क्षेत्रमा मौरीपालन व्यावसायिकतामा परिणत भएको उहाँको भनाइ छ ।
विदेशबाट फर्केका युवा मौरीपालनमा
तीन वर्ष साउदीमा बसेर गाउँ फर्केका अर्का युवा माधव खनालको घरमा अहिले २० घार मौरी पुगेका छन् । उहाँले वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । “घर परिवारसँगै बसेर मौरीलाई बिहान बेलुकाको समयमा रेखदेख गरे पुग्दछ”, उहाँले भन्नुभयो, “एक घारबाट वार्षिक १० किलोग्रामभन्दा बढी मह उत्पादन हुँदै आएको छ, ५० घार पुर्याएर वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ ।”
मौरीपालनका साथै उहाँले विदेशी भूमिको सट्टा स्वदेशी माटोमा रगत र पसिना भिजाउने हो भने घरमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ मौरीसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गर्दै आएको जानकारी दिनुभयो ।
पछिल्ला दिनमा उत्पादित मह बिक्री हुँदैन कि भन्नु नपर्ने बताउने कृषक महका पारखी खरिदका लागि घरमै आउने गरेको अनुभव सुनाउँछन् । पोखराबाट विजयपुर, कालिका, सौरे, भगवतीटार, बरालडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । गाउँसम्म कच्ची मोटर बाटो पुगेको छ । सेरेना जातको मौरीको भुनभुन आवाज पकेट क्षेत्रमा प्रदेश गर्ने बित्तिकै बाटो, घर, जङ्गल जताततै सुन्न पाइन्छ । जङ्गलका धोत्रा रुखमा मौरी देख्नै हुँदैन त्यस क्षेत्रका बासिन्दाले जसरी भए पनि छोपेर घरमा ल्याउने र आधुनिक घारमा राख्ने प्रचलन छ ।
व्यावसायिक मौरीपालनबाट मनग्य आम्दानी त हुन्छ नै तर त्यसमा असिनापानीको बढी प्रकोपका साथै मलछाप्प्रो, अरिङ्गाल, चिभेचरो, कमिलालगायतका प्राकृतिक, जङ्गली जनावर, चराचुरुङ्गीले नोक्सान गर्ने गरेको छ । यहाँको तोगी गाउँमा ३८ घर छन् । दुई घरबाहेक ३६ घरमा धेरै थोरै मौरीका घार सबैकोमा रहेका छन् । मह र मौरीसहितको घार बिक्री गरेर वार्षिक रु एक करोड गाउँमा भित्रिने गरेको मौरी पकेट क्षेत्र सञ्चालक समितिका सचिव गणेश खनालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि ज्ञान केन्द्रमार्पmत दुई वर्ष अघिदेखि यस गाउँलाई मह पकेट क्षेत्र घोषणा गरेर मौरी घार विस्तारलाई तीव्रता दिइँदै आएको छ । सरकारले अहिलेसम्म रु १६ लाख व्यावसायिक मौरीपालनका लागि सो क्षेत्रमा लगानी गरिसकेको छ । सरकारबाट कृषकलाई घार वितरण, आवश्यक तालीम, अत्याधुनिक प्रविधिमा समेत सहयोग पुगेको खनालको भनाइ छ । मौरी चरनका लागि उपयुक्त सो स्थानलाई मौरी पकेट क्षेत्र घोषणा गरेसँगै कृषकलाई गाउँपालिकाबाट प्रतिघारमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिनुभयो ।
गाउँपालिकाले गत आव २०७६/०७७ मा सोही स्थानबाट रु दुई लाख मूल्य बराबरका ३६ वटा मौरीसहितका घार खरिद गरी पालिकाका विभिन्न वडाका कृषकलाई वितरण गरेको थियो । साझेदारी कार्यक्रमअनुसार कृषकको पनि सोही बराबरको रकम लगानी गर्ने व्यवस्था गरिएको छ । गाउँपालिकाले कृषिमा उत्पादन वृद्धिका लागि यस आवमा पनि रु ४० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो । रासस
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?