
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
वासुदेव पौडेल
गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको देवचुली नगरपालिका–१ मा पर्ने शनिश्चरे ताललाई कृषि र पर्यापर्यटनको गन्तव्यका रुपमा विकास गरिने भएको छ । दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, शिशबार मध्यवर्ती उपभोक्ता समितिसहितका सङ्घ संस्थाको पहलमा तालको विकास गर्न लागिएको हो ।
विसं २०३८ मा बौलाहा खोलामा आएको बाढीका कारण पुरिएको ताललाई पूर्ववत् अवस्थामा फर्काउन यतिखेर स्थानीयवासी लागिपरेका छन् । यसको संरक्षण र विकासका लागि यतिखेर सङ्घ, प्रदेश र स्थानीय तह सबैले चासो दिएको शिशबार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताउनुभयो ।
तालको संरक्षण र विकासका लागि सङ्घ सरकारबाट प्राप्त रु २० लाख र स्थानीय जनसहभागितासहित कूल रु २४ लाखको लागतमा ताल परिसरको व्यवस्थापन एवं संरक्षणका काम गरिएको उहाँले जानकारी दिनुभयो । पर्यापर्यटनका दृष्टिबाट अत्यन्त महत्वपूर्ण ताल वरपर एक सिङ्गे गैँडा, पाटे बाघ, घडियाल गोहीलगायत विश्वका दुर्लभ वन्यजन्तु देख्न सकिन्छ । नजिकै बगरिहेको नारायणी नदी एवं सिमसारयुक्त स्थान भएका कारण यस क्षेत्रमा ६०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।
शनिश्चरे ताल क्षेत्रमा विभिन्न आठवटा पोखरी निर्माण गरी माछा उत्पादन गर्ने काम भइरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । “हामी तालको संरक्षण र विकाससँगै आयआर्जन बढाउनका लागि माछा उत्पादन तर्फ पनि लागेका छौंं”, उहाँले भन्नुभयो, “कृषि र पर्यापर्यटनको विकास गर्दै शनिश्चरे ताललाई यस क्षेत्रको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने दीर्घकालीन लक्ष्य हो ।” तालको विकासका लागि सर्वप्रथम गुरुयोजना तयार गर्ने र रु पाँच/सात करोडको डिपिआर तयार गर्ने सोच राखिएको उल्लेख गर्दै उहाँले यसका लागि सङघ, प्रदेश र स्थानीय तीनै तहको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
उत्तरतर्फ देवचुली, दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्ज, नजिकै रहेको शास्वत धामले यसको गरिमा र महत्व अझै बढाएको छ । तालमा घुम्न आउने पर्यटकका लागि खान बस्नका लागि नजिकै रहेका सिसबार बोटे माझी होमस्टे र पिप्रहर सामुदायिक होमस्टे रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नवलपुरका संयोजक एवं मध्यविन्दु प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष जीवनराज सापकोटाले बताउनुभयो ।
नवलपुर क्षेत्रमा आउने पर्यटकका लागि स्तरिय होटेल तथा घरबास सञ्चालनको क्रमले गति लिएको सापकोटाको भनाइ छ । उहाँका अनुसार नवलपुर क्षेत्रमा हाल ११ वटा घरबास सञ्चालनमा आएका छन् । विसं २०३८ को बाढीले पुरिएको ताल पूर्ववत् अवस्थामा आउन लागेको दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवीलाल सापकोटा बताउनुहुन्छ । तालको संरक्षण र विकाससँगै यस क्षेत्रमा पर्यापर्यटनको विकासका पर्याप्त सम्भावनालाई उजागर गर्नुपर्ने उहाँको भनाइ छ ।
“तालमा माछापालन शुरु गरिएका कारण यसले आयआर्जनमा पनि टेवा पु¥याउने छ”, लोपोन्मुख प्रजातिका साथै अन्य वन्यजन्तु पनि पर्याप्त पाइने भएकाले संरक्षणसँगै पर्यापर्यटनमा पनि उत्तिकै टेवा पुग्ने अपेक्षा गरेका छौं ।” ताल पुरानै अवस्थामा फर्कन थालेसँगै स्थानीयवासीलाई पनि उत्साहित बनाएको दिव्य मध्यवर्ती सामुदायिक वनका वन रक्षक धनबहादुर केसीले बताउनुभयो ।
यसैबीच नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको प्रवद्र्धनमा हालै गरिएको नवलपुर क्षेत्रको पर्यटन प्रवद्र्धन भ्रमणका क्रममा गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९/२२ का संयोजक जुद्धबहादुर गुरुङसहितको टोलीले शनिश्चरे तालको स्थलगत अवलोकन गरेको छ ।
अवलोकनका क्रममा संयोजक गुरुङले शनिश्चरे तालको संरक्षण र विकास गर्दै यसलाई यस क्षेत्रको आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभयो । “शनिश्चरे तालसहित नवलपुर क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक विभिन्नस्थलको प्रवद्र्धन गर्नु आवश्यक छ,” गुरुङले भन्नुभयो, “यहाँको पर्यटकीय विकासलाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ, यसका लागि स्थानीय जागरुकता भने आवश्यक छ ।”
शनिश्चरे ताल वरपर पाइने पर्याप्त सङ्ख्याका वन्यजन्तु, चराचुरुङ्गी आदिले यहाँको पर्यापर्यटकीय विकासका धेरै सम्भावना पाइएको गाउँपर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो । नवलपुरमा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनसँगै पोखरा र आसपासका पर्यटकीय गन्तव्यसँग साझेदारी बढाउनुपर्ने उहाँले बताउनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी