
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
काठमाडौँ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुरु भएको पाँचदिने १२औँ मानव अधिकार राष्ट्रिय मानव भेला पैँतालीस बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा बलात्कार, बलात्कारपछिको हत्या, बालविवाह, अनमेल विवाह, दाइजो तथा अन्तरजातीय विवाहका कारणले भएको हत्याजस्ता घटनाका अपराधीलाई कानूनी दायरामा ल्याई जघन्य अपराधका प्रवृत्ति र पात्रहरूलाई निरुत्साहित गर्नुपर्ने रहेको छ ।
ऐन, कानून र सर्वोच्च अदालतका फैसलाहरूको प्रभावकारी कार्यान्वयन गरी बलात्कार, बेचबिखन, छाउपडी र बोक्सीका नाममा हुने हिंसा, एसिड आक्रमण, लैङ्गिक तथा यौनजन्यलगायत हिंसाको अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन र आवश्यक संयन्त्रको निर्माण गरी पीडितको न्याय तथा सहज वातावरणको निर्माण गर्नुपर्ने छ ।
त्यस्तै, हिंसापीडित तथा प्रभावितलाई कानून संयन्त्र तथा समाजको निर्माण गर्न भर्खरै अध्यादेशमार्फत जारी भएको एसिड आक्रमणलाई दण्डित गर्न अध्यादेशमार्फत जारी भएको कानून र यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।
घोषणापत्रमा सबै प्रकारको भ्रष्टाचारको अन्त्य गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, सेवाप्रवाहलाई परिणाममुखी, गुणस्तरीय र विद्युतीय माध्यमको विस्तार गरी नागरिक मैत्री, सरल र सहज बनाउन तथा आम नागरिकलाई सुशासनको प्रत्याभूति दिनका लागि यथेष्ट कदम चाल्ने कार्यलाई व्यावहारिक कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
समाजमा बढ्दो आत्महत्या र डिप्रेसनलाई दुरुत्साहन गर्न मानसिक स्वास्थ्यका लागि प्रत्येक विद्यालय, कलेजमा मनोसामाजिक परामर्शलगायत अत्यावश्यक सेवाहरूको व्यवस्था गर्न भनिएको छ ।
त्यस्तै, विस्तृत शान्ति सम्झौताले आत्मासात् गरेको ‘सङ्क्रमणकालीन न्याय’ सम्बोधन नभएकाले दण्डहीनता बढेको र द्वन्द्वपीडितहरू सत्य, न्याय तथा परिपुरण अधिकारबाट वञ्चित भएकाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ अन्तर्राष्ट्रिय मापदण्डअनुसार संशोधन गर्न माग गरिएको छ ।
साथै, शान्ति प्रक्रियालाई पीडित केन्द्रित, विश्वसनीय र पारदर्शी बनाउनाका साथै दुवै आयोगमा निष्पक्ष र प्रभावकारी पदाधिकारीसहित पुनर्गठन यथाशीघ्र गर्न र विगतका हिंसा नदोहोरिने सुनिश्चित गरी अधुरो शान्ति प्रक्रियालाई पूरा गर्न आग्रह गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले मानव अधिकारको संरक्षण र संवद्र्धन गर्न घोषणपत्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
अधिकारकर्मी कपिल श्रेष्ठले नेपालमा मानव अधिकारकर्मीले खबरदारी, पहरेदारी र साझेदारी गर्ने कामलाई सदा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महाभेलाका संयोजक गोविन्दबहादुर शाहीले कोरोना भाइरसको महामारीका बीचमा पनि भर्चुअलरुपमा सफलतापूर्वक महाभेला सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति सुशी व्यक्त गर्नुभयो । महाभेलाका अवसरमा सातै प्रदेशमा मानव अधिकारको अवस्था समीक्षा भएको छ । महाभेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गर्नुभएको थियो । महाभेलामा २०० मानव अधिकार तथा नागरिक समाजसम्बन्धी सङ्घसंस्था आबद्ध थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी