
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
चितवन । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्र सधैँ अफ्ठ्यारोमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको साधारणसभामा उहाँले कानूनले पत्रकारको सुरक्षा गर्न नसक्नु र श्रमको मूल्य प्राप्त गर्न नसक्नुले यस क्षेत्र सधैँ अफ्ठ्यारोमा रहेको छ भन्नुभयो । पत्रकारको हकअधिकारका लागि कानून बने पनि कार्यान्वयनमा आउन नसक्नु दुःखद् रहेको उहाँले बताउनुभयो । पत्रकारको हक अधिकारका लागि महासङ्घ सधैँ चनाखो भएर लाग्ने उहाँको भनाइ थियो ।
साधारणसभाका क्रममा चितवनमा पत्रकारिता क्षेत्रमा क्रियाशील १३ पत्रकारलाई सम्मान गरिएको छ । मैयादेवी पत्रकारिता पुरस्कारबाट हरिप्रसाद पोखरेल र दीपेन्द्र बडुवाल, अनन्त गङ्गा पत्रकारिता पुरस्कारबाट रेशम बिरही र ईश्वर जोशी, श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट अनिता आर्याल र सविता दराई सम्मानित हुनुभएको छ । यस्तै बालकुमारी विष्णुकुमारी अभ्यूदय पत्रकारिता पुरस्कारबाट सरिता महतो र सुजीता हमाल, औद्योगिक पत्रकारिता पुरस्कारबाट होमनाथ सापकोटा र प्रवीण बराल, स्व तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारबाट अनिल ढकाल र नारायण सापकोटा, उत्तरध्वज सूर्यकुमारी पत्रकारिता पुरस्कारबाट सूर्य पाठक सम्मानित हुनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस सङ्गठन नेपालका वागमती प्रदेश इन्चार्ज विश्वमणि सुवेदी, महासङ्घका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, पुरुषोत्तम सुवेदी, पुरस्कारदाताका तर्फबाट टङ्कनाथ पौडेल, सम्मानितका तर्फबाट रेशम बिरही, वाग्मती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासङ्घका वाग्मती प्रदेश अध्यक्ष प्रताप विष्ट, महासङ्घ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिना, मकवानपुर जिल्ला अध्यक्ष हरि हुमागाईँलगायतले बोल्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न सभाले सचिव तीर्थ नेपालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाशमणि ज्ञवालीको आर्थिक प्रतिवेदनमाथि छलफल हुँदै सर्वसम्मत पारित गरेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी