
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित ऐतिहासिक महत्वको चक्रवर्ती मन्दिरमा रहेका देवलको उत्खनन शुरु भएको छ । पुरातत्व विभागको टोलीले मन्दिरमा रहेका देवलको उत्खनन शुरु गरेको हो ।
चार दिनदेखि विभागको टोलीले देवलको उत्खनन थालेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । “धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र देवघाटधामको मध्यभागमा अवस्थित चक्रवर्ती मन्दिर परिसरमा भग्न अवस्थामा रहेका देवलको उत्खनन् कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “उत्खनन थप १५ दिनसम्म चल्नेछ ।” देवल उत्खनन्का लागि दैनिक २० जना कामदार खटिएका छन् ।
उत्खनन् कार्यले देवल कुन शैली, कुन ढाँचा र कस्तो कला संस्कृतिको हो भनेर पहिचान गर्न सहयोग पुग्नेछ । “केही महत्वपूर्ण चिज छन् कि भन्नलाई पनि उत्खनन्ले सहयोग पुग्छ”, पौडेलले भन्नुभयो । भग्न अवस्थामा रहेको चक्रवर्ती मन्दिर दुई वर्ष पहिला पुरातत्व विभागले रु ८० लाखको लागतमा पुनःनिर्माण गरेको थियो ।
उत्खनन् हुँदै गर्दा पाल्पाका राजा मुकुन्दसेनले विसं १५०६ मा चक्रवर्ती मन्दिरको समुद्घाटन गरेको शिलालेख भेटिएको छ । सो शिलालेखलाई हाल निर्माण गरिएको चक्रवर्ती मन्दिरको बाहिरी भागमा देखिने गरी राखिएको छ । चक्रवर्ती मन्दिर सिमेन्ट र फलामको प्रयोग नगरी निर्माण भएको छ ।
“देवघाट ऐतिहासिक, पुरातात्विक महत्वको संवेदनशील क्षेत्र हो”, अध्यक्ष पौडेलले भन्नुभयो, “पुरातत्व विभागले जिल्ला समन्वय समिति, देवघाट गाउँपालिका, क्षेत्र विकास समिति लगायतलाई पत्राचार गरेर उत्खनन गरिरहेको छ । ”
उत्खननपछि पुनःनिर्माण गर्दा कस्तो बनाउने भन्ने डिजाइन तयार गरिनेछ । मन्दिरको मूल गृह पुनःनिर्मित मन्दिर नै रहने र देवी, गणेश, भैरव, सूर्यका भग्नावशेष संरचनाको ढाँचा र शैली, जग, बरण्डा कस्तो छ भनेर छलफल गर्ने र पुनःनिर्माणको योजना बनाइने जनाइएकोे छ । “बनाउनसक्ने बजेट नभए त्यसलाई सुरक्षित गरेर राख्ने र दर्शनीय बनाउने जिम्मेवारी पनि पुरातत्व विभागकै हो”, उहाँले भन्नुभयो ।
कालीगण्डकी किनारमा रहेको देवघाटधामको इतिहास मुकुन्दसेनसँग जोडिएको छ । देवघाटधाममा मध्यकालीन भग्नावशेषका रुपमा मुकुन्दसेनले पञ्चदेवल निर्माण गरेका थिए । साथै मणि मुकुन्दसेनको श्री विग्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्दसेनले देवघाटधाममा १२ वर्ष तपस्या गरेको किंवदन्ती रहेको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’