
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आफ्नो वडाको क्याम्पस र स्वयम् सिनेटर र सल्लाहकार पनि भएकाले मानित विश्वविद्यालयका निम्ति चाहिने भौतिक संरचना र जग्गा प्राप्तिका लागि प्रतिवद्ध भएको जनाए ।
जनप्रिय बहुमुखी क्याम्पसको २९ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले क्याम्पसको शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे ।
क्याम्पसका सल्लाहकार परशुराम बरालले कोरोनाका कारण क्याम्पस सञ्चालनमा चुनौती देखिएको हुँदा समास्या समाधानका लागि लाग्न जोड दिए । रूपान्तरणका लागि पुराना चिज छोडेर नयाँ कार्यक्रम लागु गर्न नेतृत्व सक्षम हुनुपर्नेमा बरालले धारणा राखे ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।
लकडाउनका बेला पनि युजिसीबाट १२ लाख ५० हजार सहयोग लिएर पठनपाठन अनलाइनमार्फत् सञ्चालन गरेको क्याम्पसले भौतिक दूरी कायम गर्दै परीक्षा पनि चलाइरहेको छ ।
पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ४७ हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर विसिए, विएस्सी फिजिक्स, विएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको गौतमले उल्लेख गरे ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ ।
क्याम्पस प्रमुख गौतमले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २० करोड ४७ लाख ८ हजार ५ सय ४ रुपैयाँ ३ पैसाको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रममा पूर्व अध्यक्ष दामोदर चालिसे, सल्लाहकार हरिनारायण गिरी, सिर्जना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराई, स्ववियु सभापति आशिक गुरुङ लगायतका वक्ताले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई केन्द्रमा राखेर यसमको मर्म अनुसार अगडि बढ्न जोड दिएका थिए ।
अध्यक्ष तारा गिरीले आफू र धर्मपत्नी ज्ञानु गिरीको नामबाट ‘ज्ञानतारा अक्षय कोष’ स्थापना गरेका छन् । प्रमुख आमन्त्रित थापाले २ लाख १ हजार एक सय एघार रुपैयाँको चेक क्याम्पस प्रमुख वीरञ्जी गौतम र कोषाध्यक्ष राजेन्द्र पहारीलाई हस्तान्तरण गरे । अक्षय कोषको व्याजबाट हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्ने उद्धेश्य रहेको छ ।
कोभिड–१९ का कारण वार्षिकोत्सवमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप र प्रतियोगिताहरू भएनन् । क्याम्पसको जन्मदिन भएकाले स्वतन्त्र विद्यार्थी युनियनका सभापति आशिक गुरुङले विद्यार्थीको तर्फबाट सौजन्य गरिएको केट प्रमुख आमन्त्रित व्यक्तित्व सांसद विन्दुकुमार थापालाई काट्न लगाइएको थियो ।
प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठानिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बीरबहादुर अधिकारीले स्वागत मन्तव्य, सञ्चालक समितिका सदस्य सोमनाथ बरालले धन्यवाद ज्ञापन गरेका थिए भने सहायक क्याम्पस प्रमुख भेषराज बराल उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु