
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आफ्नो वडाको क्याम्पस र स्वयम् सिनेटर र सल्लाहकार पनि भएकाले मानित विश्वविद्यालयका निम्ति चाहिने भौतिक संरचना र जग्गा प्राप्तिका लागि प्रतिवद्ध भएको जनाए ।
जनप्रिय बहुमुखी क्याम्पसको २९ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले क्याम्पसको शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे ।
क्याम्पसका सल्लाहकार परशुराम बरालले कोरोनाका कारण क्याम्पस सञ्चालनमा चुनौती देखिएको हुँदा समास्या समाधानका लागि लाग्न जोड दिए । रूपान्तरणका लागि पुराना चिज छोडेर नयाँ कार्यक्रम लागु गर्न नेतृत्व सक्षम हुनुपर्नेमा बरालले धारणा राखे ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।
लकडाउनका बेला पनि युजिसीबाट १२ लाख ५० हजार सहयोग लिएर पठनपाठन अनलाइनमार्फत् सञ्चालन गरेको क्याम्पसले भौतिक दूरी कायम गर्दै परीक्षा पनि चलाइरहेको छ ।
पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ४७ हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर विसिए, विएस्सी फिजिक्स, विएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको गौतमले उल्लेख गरे ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ ।
क्याम्पस प्रमुख गौतमले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २० करोड ४७ लाख ८ हजार ५ सय ४ रुपैयाँ ३ पैसाको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रममा पूर्व अध्यक्ष दामोदर चालिसे, सल्लाहकार हरिनारायण गिरी, सिर्जना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराई, स्ववियु सभापति आशिक गुरुङ लगायतका वक्ताले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई केन्द्रमा राखेर यसमको मर्म अनुसार अगडि बढ्न जोड दिएका थिए ।
अध्यक्ष तारा गिरीले आफू र धर्मपत्नी ज्ञानु गिरीको नामबाट ‘ज्ञानतारा अक्षय कोष’ स्थापना गरेका छन् । प्रमुख आमन्त्रित थापाले २ लाख १ हजार एक सय एघार रुपैयाँको चेक क्याम्पस प्रमुख वीरञ्जी गौतम र कोषाध्यक्ष राजेन्द्र पहारीलाई हस्तान्तरण गरे । अक्षय कोषको व्याजबाट हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्ने उद्धेश्य रहेको छ ।
कोभिड–१९ का कारण वार्षिकोत्सवमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप र प्रतियोगिताहरू भएनन् । क्याम्पसको जन्मदिन भएकाले स्वतन्त्र विद्यार्थी युनियनका सभापति आशिक गुरुङले विद्यार्थीको तर्फबाट सौजन्य गरिएको केट प्रमुख आमन्त्रित व्यक्तित्व सांसद विन्दुकुमार थापालाई काट्न लगाइएको थियो ।
प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठानिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बीरबहादुर अधिकारीले स्वागत मन्तव्य, सञ्चालक समितिका सदस्य सोमनाथ बरालले धन्यवाद ज्ञापन गरेका थिए भने सहायक क्याम्पस प्रमुख भेषराज बराल उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता