
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
सन्तोष गौतम
म्याग्दी । जातीय विभेदविरुद्ध कानूनी उपचार खोज्दा एक जनप्रतिनिधिलाई स्थानीयवासीले सामाजिक बहिस्कारका साथै राजीनामा गर्न दबाब दिएका छन् । बेनी नगरपालिका–९ घतानकी दलित महिला सदस्य गोरी दर्जीलाई स्थानीयवासीले जातीय विभेदविरुद्ध आवाज उठाएको भन्दै राजीनामा गर्न दबाब दिन थालेका हुन् ।
भुटेको मकै पिँधेर पिठो पठाउन छिमेकी योगेन्द्र खत्रीको मिलमा पुगेकी गोरीकी छोरी सविना दर्जीले पिठो पिस्न नपाएपछि जातीय विभेद भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो । गल्ती नदोहो¥याउने खत्रीको प्रतिबद्धतापछि सविनाले १५ दिनअघि मिलापत्र गरेर उजुरी फिर्ता गर्नुभएको थियो ।
जातीय विभेदका विरुद्धमा कानूनी उपचार खोजेका कारण आफूलाई सामाजिक बहिस्कारका साथै पदबाट राजिनामा गर्न दबाब दिन थालेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा इन्सेक म्याग्दीद्वारा आज बेनीमा आयोजित ‘जातिय विभेद र कोभिड–१९ ले महिलामा पारेको असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जनप्रतिनिधिको भूमिकालाई जातीय विभेदले थिचेको गुनासो गर्नुभयो । “छोरीले प्रहरीमा उजुरी गरेकै कारण यस्तो जनप्रतिनिधि चाहिएन भनेर पदबाट राजिनामा गर्न दबाब आएको छ”, गोरीले भन्नुभयो, “राजिनामा गर्न दबाब दिनेविरुद्ध मैले पनि फेरि कानूनी उपचार खोज्छु भनेपछि तनाव भएको छ ।”
दर्जीले यसअघि पनि आफूमाथि पटकपटक विभेद भएको बताउनुभयो । चुनावमा विजयी भएपछि लक्ष्मीनारायण मन्दिरमा गरिएको सम्मान कार्यक्रममा आयोजकले दलित समुदायकै व्यक्तिलाई अबिर लगाइदिन लगाएका थिए । “गत साल कोत मन्दिरमा दशैँको पूजामा बोलाएर हातमा टीका दिन खोज्नुभएको थियो, मैले हातमा दिएको टीका लगाउदिन भने”, उहाँले भन्नुभयो, “यसपालीको दशँैमा तोरीपानीको गणेश मन्दिरमा पनि त्यस्तै व्यवहार दोहोरियो ।”
विभेद भएको गुनासो गर्न जाँदा प्रशासनबाट घुमाउरो भाषाले मिल्न सुझाउने गरिएको दर्जीले बताउनुभयो । “मलाई सम्मान कार्यक्रममा दलित भएकै कारण अपमानित गरिएको छ । धेरै ठाउँमा आँसु पुच्छदै फर्किएको छु”, बेनी नगरकार्यपालिका सदस्यसमेत रहेकी दर्जीले भन्नुभयो, “दलित समुदायमा हुने अन्यायबारे छलफल गर्ने र पीडितलाई न्याय दिनुपर्ने अवस्थामा जातीय भेदभाव सहनु परेको छ ।” “जातीय विभेदविरुद्ध बोल्दा वडा सदस्यबाट राजिनामा समेत मागियो”, उहाँले भन्नुभयो, “मैले समाजका लागि धेरै गर्न जनप्रतिनिधि भएर आएको थिए ।” दलित भएकै कारण गाउँमा आफूलाई हर्ने दृष्टिकोण समेत फरक रहेको र गैरदलित एकजुट भएर घेराबन्दी गर्ने गरेको दर्जीको गुनासो छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित सो कार्यक्रममा वडा सदस्य दर्जीले भावुक हुँदै भन्नुभयो, “समुदायबाटै अन्याय भएको छ । दलितको भोट चल्छ, पानी चल्दैन् । आफ्नै पार्टीका कार्यकर्ताले समेत दलित भएकै कारण अपमान गरेका छन् ।”
धार्मिक स्थल, पानी–पधेरो र गाउँका विभिन्न सङ्घसंस्थाका कार्यक्रममा छुवाछुत र विभेद हुने गरेको बताउँदै उहाँले विभेदविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभयो । दर्जीमात्र नभएर म्याग्दीका अधिकांश दलित जनप्रतिनिधिले प्रत्यक्ष र अप्रत्यक्षरुपमा जातीय विभेदको शिकार बन्नुपरेको गुनासो गर्छन् ।
जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६९ मा जातीय छुवाछूत र विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सरकारले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण