
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
सन्तोष गौतम
म्याग्दी । जातीय विभेदविरुद्ध कानूनी उपचार खोज्दा एक जनप्रतिनिधिलाई स्थानीयवासीले सामाजिक बहिस्कारका साथै राजीनामा गर्न दबाब दिएका छन् । बेनी नगरपालिका–९ घतानकी दलित महिला सदस्य गोरी दर्जीलाई स्थानीयवासीले जातीय विभेदविरुद्ध आवाज उठाएको भन्दै राजीनामा गर्न दबाब दिन थालेका हुन् ।
भुटेको मकै पिँधेर पिठो पठाउन छिमेकी योगेन्द्र खत्रीको मिलमा पुगेकी गोरीकी छोरी सविना दर्जीले पिठो पिस्न नपाएपछि जातीय विभेद भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो । गल्ती नदोहो¥याउने खत्रीको प्रतिबद्धतापछि सविनाले १५ दिनअघि मिलापत्र गरेर उजुरी फिर्ता गर्नुभएको थियो ।
जातीय विभेदका विरुद्धमा कानूनी उपचार खोजेका कारण आफूलाई सामाजिक बहिस्कारका साथै पदबाट राजिनामा गर्न दबाब दिन थालेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा इन्सेक म्याग्दीद्वारा आज बेनीमा आयोजित ‘जातिय विभेद र कोभिड–१९ ले महिलामा पारेको असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जनप्रतिनिधिको भूमिकालाई जातीय विभेदले थिचेको गुनासो गर्नुभयो । “छोरीले प्रहरीमा उजुरी गरेकै कारण यस्तो जनप्रतिनिधि चाहिएन भनेर पदबाट राजिनामा गर्न दबाब आएको छ”, गोरीले भन्नुभयो, “राजिनामा गर्न दबाब दिनेविरुद्ध मैले पनि फेरि कानूनी उपचार खोज्छु भनेपछि तनाव भएको छ ।”
दर्जीले यसअघि पनि आफूमाथि पटकपटक विभेद भएको बताउनुभयो । चुनावमा विजयी भएपछि लक्ष्मीनारायण मन्दिरमा गरिएको सम्मान कार्यक्रममा आयोजकले दलित समुदायकै व्यक्तिलाई अबिर लगाइदिन लगाएका थिए । “गत साल कोत मन्दिरमा दशैँको पूजामा बोलाएर हातमा टीका दिन खोज्नुभएको थियो, मैले हातमा दिएको टीका लगाउदिन भने”, उहाँले भन्नुभयो, “यसपालीको दशँैमा तोरीपानीको गणेश मन्दिरमा पनि त्यस्तै व्यवहार दोहोरियो ।”
विभेद भएको गुनासो गर्न जाँदा प्रशासनबाट घुमाउरो भाषाले मिल्न सुझाउने गरिएको दर्जीले बताउनुभयो । “मलाई सम्मान कार्यक्रममा दलित भएकै कारण अपमानित गरिएको छ । धेरै ठाउँमा आँसु पुच्छदै फर्किएको छु”, बेनी नगरकार्यपालिका सदस्यसमेत रहेकी दर्जीले भन्नुभयो, “दलित समुदायमा हुने अन्यायबारे छलफल गर्ने र पीडितलाई न्याय दिनुपर्ने अवस्थामा जातीय भेदभाव सहनु परेको छ ।” “जातीय विभेदविरुद्ध बोल्दा वडा सदस्यबाट राजिनामा समेत मागियो”, उहाँले भन्नुभयो, “मैले समाजका लागि धेरै गर्न जनप्रतिनिधि भएर आएको थिए ।” दलित भएकै कारण गाउँमा आफूलाई हर्ने दृष्टिकोण समेत फरक रहेको र गैरदलित एकजुट भएर घेराबन्दी गर्ने गरेको दर्जीको गुनासो छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित सो कार्यक्रममा वडा सदस्य दर्जीले भावुक हुँदै भन्नुभयो, “समुदायबाटै अन्याय भएको छ । दलितको भोट चल्छ, पानी चल्दैन् । आफ्नै पार्टीका कार्यकर्ताले समेत दलित भएकै कारण अपमान गरेका छन् ।”
धार्मिक स्थल, पानी–पधेरो र गाउँका विभिन्न सङ्घसंस्थाका कार्यक्रममा छुवाछुत र विभेद हुने गरेको बताउँदै उहाँले विभेदविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभयो । दर्जीमात्र नभएर म्याग्दीका अधिकांश दलित जनप्रतिनिधिले प्रत्यक्ष र अप्रत्यक्षरुपमा जातीय विभेदको शिकार बन्नुपरेको गुनासो गर्छन् ।
जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६९ मा जातीय छुवाछूत र विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सरकारले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता