
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१०व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ ।
आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।
धार्मिक एवं पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण रहेको यो ताल क्षेत्रसम्म पुग्ने सडकसमेत निर्माण नगरिँदा यस क्षेत्रले चर्चा पाउन सकेको छैन । सडक यातायात र प्रचारप्रसारको अभावमा आन्तरिक थोरै मात्र पर्यटक यस क्षेत्रसम्म पुग्दै आएका छन् । करिब ७०० मिटर लम्बाइ र ४०० मिटर चौडाइ भएको सुनदेवी तालको पानी हावाको वहाबसँगै निलो र पहेँलो रङगको देखिने गरेको छ ।
तालमा रहेको पानी सुन जस्तै एकनासको पहँलो देखिने गरेकाले यस तालको नाम सुनदेवी रहन गएको बताइएको छ । तालको वरिपरी घना वन क्षेत्र भए पनि तालमा रुखबाट खस्ने पात भने कहीँकतै पनि देखिदैन । ताल सधैँं सफा रहने गरेको पाइन्छ । चारैतिर पहाडले घेरिएको यो ताललाई जतातिरबाट हेरेपनि चौडाइ र लम्बाइ ठम्याउन निकै मुस्किल हुन्छ । चारैतिर पहाड र घना सालको वनको बीच भागमा स्थित सुनदेवी तालको मनमोहक दृश्यले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध पार्ने गरेको छ । नगरपालिकाको झलारी बजारदेखि झण्डै १५ किलोमिटरको दूरीमा रहेको यो तालसम्म पुग्नका लागि आठ किलोमिटर निजी सवारी साधनमा र त्यसपछि पैदल हिड्नुपर्ने हुन्छ ।
नगरपालिकाको वडा कार्यालयले बस्ती रहेका क्षेत्रसम्म सडकको स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाए पनि मनोरम पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि भने सडक निर्माणको पहल गरेको पाइदैन । स्थानीय विद्यालयका विद्यार्थीले पिकनिक खान र धार्मिक पर्यटक भने सुनदेवीको दर्शनका लागि यहाँ आउने गरेका छन् । “यो तालमा माछा भने देखिदैनन्”, स्थानीयवासी लालबहादुर महराले भन्नुभयो, “चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि यस तालमा हालसम्म माछा देखेका छैनौं ।”
तालका वरिपरी पाटे बाघका पदचिन्ह जताततै सहजै देखिन्छन् । विभिन्न प्रजातिका मयुर, मैना, लाटोकोसेरो, कालिज, हाँस, धनेसलगायतका चराको चहलपहलले यस क्षेत्रमा पुग्नेहरु प्रकृतिको अनुपम आनन्द लिन पछि पर्दैनन् । बाँदर, लगुना, मृग, बँदेलले भने बाटोमै हिँड्दै गर्दा बिचमै देखा पर्ने गरेका छन् । ताल छेउमा स्थानीय बासिन्दाले पूजा गर्दै आएको सुनदेवीको पुरानो खुला आकासमुनिको काठको छाना भएको सानो भगवतीको थापनासमेत छ । थापनास्थलमा सन् १६७३ का पुराना ठूला घण्टी राखिएकाले यो क्षेत्र प्राचीनकालदेखिनै धार्मिक क्षेत्रका रुपमासमेत परिचित रहेको पुष्टि हुन्छ ।
ताल नजिकै रहेको सुनदेवीको थपनामा भाकल गरे निसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका कारण यस क्षेत्रमा नवरात्रका बेला भाकल गर्ने र बर माग्नेको घुइँचो लाग्ने गरेको छ । नवरात्र, दशैँ, तिहार, माघे सङ्क्रान्तिमा पूजापाठ र भाकलका लागि यहाँ भक्तजन पुग्ने गरेको वातावरण सामुदायिक वनका अध्यक्ष पुस्कर सिंहले बताउनुभयो । उहाँका अनुसार विवाह, व्रतबन्धन र स–साना नानीको कपाल मुण्डनका लागि भक्तजन यहाँ पुग्ने गरेका छन् । “त्यो सङ्ख्या भने थोरै मात्र रहने गरेको छ” उहाँले भन्नुभयो ।
तालको पानी निकास हुने क्षेत्रमा वर्षेनी पहिरो जाने क्रम नरोकिएकाले तालनै नासिने चिन्ता स्थानीयवासीमा देखिएको छ । तालको दक्षिणतर्फ झण्डै सात किलोमिटर टाढाको स्टेशनपुर क्षेत्र अङ्ग्रेजहरुले काठ ओसार्नका लागि रेल स्टेशनका रुपमा प्रयोग गर्ने गरेकाले यो क्षेत्र एतिहासिकस्थानका रुपमा रहेको शिवराज भट्टले बताउनुभयो । स्टेशनमा अङ्ग्रेजले झण्डा गाडेको स्थानलाई हाल झण्डा बोझ नामले चिनिने गरेको छ ।
जङ्गबहादुर राणालाई अङ्ग्रेजले नयाँमुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डी हटाइएका यहाँका बुढापाका बताउँछन् । अझै पनि जङ्गलका बीचमा रेल कुदाउनका लागि बनाइएको पगडण्डीका बीचमा राखिएका काठ देखिने गर्दछन् । सुनदेवी ताल एतिहासिक महत्वको भए पनि यसको प्रचारप्रसार र संरक्षणका लागि कुनै पनि निकायले चासो नदेखाउँदा ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । सुनदेवी तालसम्म पुग्ने सडक र यसको पूर्वाधार विकासका लागि कार्य अगाडि बढाउन सके यसले पर्यटकलाई सहजै तान्न सक्ने सम्भावना छ ।
ताल क्षेत्रको विकासमार्फत पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिने स्थानीयवासीको भनाइ छ । स्थानीयवासीका अनुसार सुनदेवी ताललाई आकर्षणको केन्द्र बनाई आयआर्जन तथा रोजगारी बढाउने खालका व्यवसाय सञ्चालन गर्ने अवसरको सिर्जना गर्न सके यस क्षेत्रको तीव्ररुपमा विकास गर्न सकिन्छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी