
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ ।
आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।
धार्मिक एवं पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण रहेको यो ताल क्षेत्रसम्म पुग्ने सडकसमेत निर्माण नगरिँदा यस क्षेत्रले चर्चा पाउन सकेको छैन । सडक यातायात र प्रचारप्रसारको अभावमा आन्तरिक थोरै मात्र पर्यटक यस क्षेत्रसम्म पुग्दै आएका छन् । करिब ७०० मिटर लम्बाइ र ४०० मिटर चौडाइ भएको सुनदेवी तालको पानी हावाको वहाबसँगै निलो र पहेँलो रङगको देखिने गरेको छ ।
तालमा रहेको पानी सुन जस्तै एकनासको पहँलो देखिने गरेकाले यस तालको नाम सुनदेवी रहन गएको बताइएको छ । तालको वरिपरी घना वन क्षेत्र भए पनि तालमा रुखबाट खस्ने पात भने कहीँकतै पनि देखिदैन । ताल सधैँं सफा रहने गरेको पाइन्छ । चारैतिर पहाडले घेरिएको यो ताललाई जतातिरबाट हेरेपनि चौडाइ र लम्बाइ ठम्याउन निकै मुस्किल हुन्छ । चारैतिर पहाड र घना सालको वनको बीच भागमा स्थित सुनदेवी तालको मनमोहक दृश्यले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध पार्ने गरेको छ । नगरपालिकाको झलारी बजारदेखि झण्डै १५ किलोमिटरको दूरीमा रहेको यो तालसम्म पुग्नका लागि आठ किलोमिटर निजी सवारी साधनमा र त्यसपछि पैदल हिड्नुपर्ने हुन्छ ।
नगरपालिकाको वडा कार्यालयले बस्ती रहेका क्षेत्रसम्म सडकको स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाए पनि मनोरम पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि भने सडक निर्माणको पहल गरेको पाइदैन । स्थानीय विद्यालयका विद्यार्थीले पिकनिक खान र धार्मिक पर्यटक भने सुनदेवीको दर्शनका लागि यहाँ आउने गरेका छन् । “यो तालमा माछा भने देखिदैनन्”, स्थानीयवासी लालबहादुर महराले भन्नुभयो, “चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि यस तालमा हालसम्म माछा देखेका छैनौं ।”
तालका वरिपरी पाटे बाघका पदचिन्ह जताततै सहजै देखिन्छन् । विभिन्न प्रजातिका मयुर, मैना, लाटोकोसेरो, कालिज, हाँस, धनेसलगायतका चराको चहलपहलले यस क्षेत्रमा पुग्नेहरु प्रकृतिको अनुपम आनन्द लिन पछि पर्दैनन् । बाँदर, लगुना, मृग, बँदेलले भने बाटोमै हिँड्दै गर्दा बिचमै देखा पर्ने गरेका छन् । ताल छेउमा स्थानीय बासिन्दाले पूजा गर्दै आएको सुनदेवीको पुरानो खुला आकासमुनिको काठको छाना भएको सानो भगवतीको थापनासमेत छ । थापनास्थलमा सन् १६७३ का पुराना ठूला घण्टी राखिएकाले यो क्षेत्र प्राचीनकालदेखिनै धार्मिक क्षेत्रका रुपमासमेत परिचित रहेको पुष्टि हुन्छ ।
ताल नजिकै रहेको सुनदेवीको थपनामा भाकल गरे निसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका कारण यस क्षेत्रमा नवरात्रका बेला भाकल गर्ने र बर माग्नेको घुइँचो लाग्ने गरेको छ । नवरात्र, दशैँ, तिहार, माघे सङ्क्रान्तिमा पूजापाठ र भाकलका लागि यहाँ भक्तजन पुग्ने गरेको वातावरण सामुदायिक वनका अध्यक्ष पुस्कर सिंहले बताउनुभयो । उहाँका अनुसार विवाह, व्रतबन्धन र स–साना नानीको कपाल मुण्डनका लागि भक्तजन यहाँ पुग्ने गरेका छन् । “त्यो सङ्ख्या भने थोरै मात्र रहने गरेको छ” उहाँले भन्नुभयो ।
तालको पानी निकास हुने क्षेत्रमा वर्षेनी पहिरो जाने क्रम नरोकिएकाले तालनै नासिने चिन्ता स्थानीयवासीमा देखिएको छ । तालको दक्षिणतर्फ झण्डै सात किलोमिटर टाढाको स्टेशनपुर क्षेत्र अङ्ग्रेजहरुले काठ ओसार्नका लागि रेल स्टेशनका रुपमा प्रयोग गर्ने गरेकाले यो क्षेत्र एतिहासिकस्थानका रुपमा रहेको शिवराज भट्टले बताउनुभयो । स्टेशनमा अङ्ग्रेजले झण्डा गाडेको स्थानलाई हाल झण्डा बोझ नामले चिनिने गरेको छ ।
जङ्गबहादुर राणालाई अङ्ग्रेजले नयाँमुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डी हटाइएका यहाँका बुढापाका बताउँछन् । अझै पनि जङ्गलका बीचमा रेल कुदाउनका लागि बनाइएको पगडण्डीका बीचमा राखिएका काठ देखिने गर्दछन् । सुनदेवी ताल एतिहासिक महत्वको भए पनि यसको प्रचारप्रसार र संरक्षणका लागि कुनै पनि निकायले चासो नदेखाउँदा ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । सुनदेवी तालसम्म पुग्ने सडक र यसको पूर्वाधार विकासका लागि कार्य अगाडि बढाउन सके यसले पर्यटकलाई सहजै तान्न सक्ने सम्भावना छ ।
ताल क्षेत्रको विकासमार्फत पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिने स्थानीयवासीको भनाइ छ । स्थानीयवासीका अनुसार सुनदेवी ताललाई आकर्षणको केन्द्र बनाई आयआर्जन तथा रोजगारी बढाउने खालका व्यवसाय सञ्चालन गर्ने अवसरको सिर्जना गर्न सके यस क्षेत्रको तीव्ररुपमा विकास गर्न सकिन्छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप