
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
कृष्ण दवाडी
पोखरा । पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् ।
मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो । पछि विसं २०६७ मा बाख्रापालन समूह गठन गरियो । विसं २०७१ मा मौजा बाख्रापालक कृषि सहकारीमार्फत अधिकांश गाउँलेले व्यावसायिक बाख्रापालन शुरु गरे । सहकारीअन्तर्गत यहाँका ४० कृषकले बाख्रापालन गर्दै आएको मौजा बाख्रापालक कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताउनुभयो । सहकारीमार्फत हाल दुई हजार ५०० बाख्रा पालिएको छ ।
सहकारीमा १०० सदस्य आबद्ध भए पनि अन्यले भैँसी, गाई तथा तरकारी खेती गरेका छन् । यहाँका कृषकले खरी, जमुनापारी, सिनाललगायत जात पाल्ने गरेका छन् । साना फार्ममा १० तथा ठूलामा २०० वटासम्म बाख्रा पालिएको छ । “बाख्रापालनबाट हामी यहाँका सबै कृषक सन्तुष्ट छौँ । आफ्नै ठाउँमा बसेर यस पेशाबाट वार्षिक रु ९० लाख हाराहारीमा आम्दानी भएको छ”, सहकारीका अध्यक्ष गुरुङले भन्नुभयो, “बजारको कुनै समस्या छैन, वडा कार्यालयलगायतका सरकारी निकायबाट समेत राम्रो सहयोग पाएका छौँ ।”
यहाँका ठूला बाख्रापालक कृषकले वर्षमा रु १५ लाख हाराहारीमा बाख्रा बिक्री गर्ने गरेको र रु छ लाख बचत गर्ने गरेका छन् । बाख्राको प्रमुख बजार पोखरा हो । मागअनुसार गाउँबाटै गाडीमा बाख्रा बिक्रीका लागि पठाउने गरिएको छ । खरी र बोयर जातको क्रस गरिएको बोका प्रजननका लागि कास्कीबाहेकका पर्वत, बागलुुङ, स्याङ्जालगायतका क्षेत्रका कृषकसमेत खरिदका लागि आउने गरेको सहकारीले जनाएको छ ।
प्रजननका लागि प्रतिकेजी रु एक हजार तथा अन्य खसी बोका रु ६५० प्रतिकेजीका दरले फार्मबाट बिक्री हुने गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पशुपालनबाट राम्रो आम्दानी भएपछि पछिल्लो समय युवाहरुसमेत यसतर्फ आकर्षित छन् । विगतमा सडक सुविधा नहुँदा विकट रहेको यस ठाउँमा अहिले गाउँसम्मै ग्राभेल सडक निर्माण भइरहेको छ ।
यातायातको सुविधा र उत्पादित कृषि उपज बजारसम्म लैजान सहज भएपछि बाख्रा, भैँसीपालन र तरकारी खेती गर्नेहरुको सङ्ख्या बढिरहेको स्थानीयवासी बताउँछन् । बाख्रापालनबाट आफूहरुले राम्रो आम्दानी गरे पनि राज्यले दिने अनुदान सहयोग वास्तविक कृषकसम्म नपुगेको उनीहरुको गुनासो छ । कतिपय कृषकले अनुदान लिनकै लागि मात्र एक/दुई वर्ष पशुपालन गर्ने अनि अनुदान आएपछि सो पेशा छाड्ने गरेकाले उत्पादनका आधारमा अनुदान दिनुपर्ने माग कृषकको छ ।
पोखरा–२० का वडाध्यक्ष सिमबहादुर गुरुङले बाख्रापालनको गाउँ भनेर वडाको चिनारी भएको बताउँदै बाख्रापालन र अन्य पशुपालनलाई सँगै लैजाने योजना रहेको बताउनुभयो । बीउ बोका वितरण, घाँस काट्ने मेसिनलगायतका कार्यक्रममार्फत कृषकलाई वडामार्फत सहयोग उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । “बाख्राको पकेट क्षेत्र मौजा भनेर हाम्रोे वडा चिनिएको छ । महानगरका ३३ वडामध्येमा कृषिको राम्रो सम्भावना यहाँ छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “बाख्रासँगै अन्य व्यावसायिक कृषि उत्पादनका माध्यबाट वडालाई कषि पर्यटनको ‘हब’ बनाउँछौँ ।”
साविकको जिल्ला पशु सेवा कार्यालय कास्कीले विसं २०७१ मा मौजालाई बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । त्यसयता भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र तथा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयबाट कृषकको गोठ सुधार, तालीम, बजारको सुनिश्चिततालगायतमा सहयोग हुँदै आएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु