News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गर्नुभएको छ ।

संविधानको धारा ११४ को उपधारा (१)बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमा जनाउनुभएको छ ।