
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
काठमाडौँ । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल हुनुभएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त हुनुहुन्छ । उहाँ जापानको टोकियो शहरमा यही मङ्सिर २८ गते आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै हुनुुहुन्छ । युवा समाजसेवी रामनारायण घिमिरेले राससलाई दिनुभएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल अहिले आफ्ना बुबाकै विशेष प्रतिक्षणमा रहनुभएको छ ।
हिमालयन चितुवाले परिचित अविरलले नियमितरुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा बढी कडा प्रशिक्षण लिँदै आउनुभएको छ । “मेरो प्रशिक्षणमा अविरल कडा मिहेनतका साथ प्रशिक्षणमा छ, उसले के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा जित्नेमा म विश्वस्त छु”, प्रशिक्षक देवकुमारले भन्नुभयो ।
किक बक्सिङ खेलमा विश्वको चर्चित एवं प्रतिष्ठित सो प्रतियोगितामा २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिप कुमुरासँग भिड्ने छन् । बक्सर कुमुरा बक्सिङ खेलका अन्तरराष्ट्रिय खेलाडी हुन् । अविरलले कुमुरलाई पराजित गरेमा नेपालको बक्सिङ खेलको प्रतिष्ठाले थप अन्तरराष्ट्रिय ख्याति कमाउने विश्वास गरिएको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा रहँदै आउनुभएको छ ।
बक्सर अविरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाउनुभएको छ । ‘के वन किक बक्सिङ प्रतियोगिता’लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्दछ । सो प्रतियोगितामा विगतमा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टकासमेत खेलाडी देवकुमारले सन् २००४ मा भाग लिने सौभाग्य पाउनुभएको थियो । उहाँ अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षकसमेत हुनुहुन्छ ।
सो प्रतियोगिताको भिडन्त हेर्न हजाराँै खेलप्रेमी दर्शकको रङ्गशालामा सहभागिता हुने बताइएको छ । अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल हुनुभएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहनुभएका रामनारायणले जानकारी दिनुभयो ।
“अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । नेपालको लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि अविरललाई नेपाल सरकार, खेलप्रेमी नेपाली जनताले थप उत्साह, हौसला तथा प्रोत्साहन भरिदिन म आग्रह गर्दछु ।” सामाजिक सञ्जालमा हालै देवकुमारले पोष्ट गर्दै भन्नुभएको छ ।
यसैगरी गैरआवासीय नेपाली सङ्घका जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा छनोट हुनु नेपालका लागि प्रतिष्ठा र गर्वको कुरा रहेको जनाउनुभएको छ ।
बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुम्नुभएको थियो । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनः दुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए ।
यसैगरी उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल हुनुभएको थियो । रोमाञ्जकारी सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्नुभएको थियो ।
सामाजिक सञ्चालमा बक्सर अविरलले भन्नुभएको छ, “पुनःएकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वसित थप परिचित गराउन चाहन्छु । यसका लागि मलाई थप ऊर्जा र हौसला भरिदिनुहोस् । म के वन किक बक्सिङ प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु । यसका लागि म कठोर प्रशिक्षणमा छु ।”
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ