
१बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
२राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षी दलहरुको माग
३न्यायाधीश विरुद्ध महाभियोगको गृहकार्यमा रास्वपा
४बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो
५स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
६पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
७‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
८गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
९कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
१०‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
११पक्राउ परेका सबै पत्रकार रिहा
१२पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
९प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
काठमाडौं, १८ कार्तिक । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन विपक्षी दलहरूले माग गरेका छन्। बिचौलिया इनम सापकोटासँग जोडिएको अडियो र त्यससँग सम्बन्धित प्रश्नहरूमा छानबिन हुनुपर्ने भन्दै उनीहरूले समिति बैठकको माग गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समितिका सभापति हरि ढकाललाई पत्र लेखेर बैठक बोलाउन औपचारिक माग गरेका छन्।
अन्य विपक्षी दलहरूले पनि अनौपचारिक रूपमा बैठक बोलाउन आग्रह गरेको बताइएको छ। शाहीले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘मैले लिखित रूपमा नै समितिको बैठक बोलाउन माग गरेको छु।’ उनको पत्रमा पछिल्लो समय नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बिचौलिया इनम सापकोटाबीच देखिएको सम्बन्ध, आईजीपी र सरकारबीचको तिक्तता, बिना कसुर पत्रकारहरू पक्राउ गरिनु, राज्यशक्तिको चरम दुरुपयोग तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन जफत गरिनुजस्ता गम्भीर घटनाहरू उल्लेख गरिएको छ।
यस्ता विषयमा गम्भीर छलफल र छानबिनका लागि समिति बैठक तत्काल बोलाउन माग गर्दै पत्रमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र आईजीपीलाई अनिवार्य उपस्थित गराई स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पनि समितिको बैठक बोलाउन पत्र पठाएका छन्।
उनको पत्रमा भनिएको छ, ‘देशमा दिनप्रतिदिन राज्य तथा सरकारी निकायसँग जोडिएका अस्वभाविक घटनाहरू भइरहेका छन्। प्रहरी कस्टडीमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी लिक भयो? प्रधानमन्त्री र प्रमुख सल्लाहकार कुमार बेनको फेसबुक स्टाटसका आधार के हुन्? पत्रकार गिरफ्तार हुने र छोडिने तर सरकार आफूलाई थाहा नभएको भन्ने लगायतका गम्भीर सवालहरूमा गृहमन्त्री र आईजीपीलाई समितिको बैठकमा उपस्थित गराएर जवाफ माग्नु र सरकारलाई जवाफदेही बनाउनु राज्य व्यवस्था तथा सुशासन समितिको कर्तव्य हो।’ दुलालले समिति सभापतिसँग कुराकानी भएको र बैठक बोलाउने मागलाई सकारात्मक रूपमा लिएको जानकारी दिएका छन्।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा