
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १३ भदौं । पोखरामा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमै आएको भेलले बगाउँदा एक सात महिने गर्भवती आमा र उनको दुई वर्षीया छोरीको मृत्यु भएको छ। यो घटनाले पोखरालाई स्मार्ट सिटी बनाउने घोषणा गरेर चुनाव लडेका जनप्रतिनिधिहरूको विकासको दाबीलाई पुनः प्रश्नचिह्न लगाएको छ।
पोखरा महानगरपालिका–३० ढुंगेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। आमाको शुक्रबार राति र छोरीको शनिबार बिहान मृत्यु भएको हो। प्रहरी निरीक्षक दीपक रिजालका अनुसार सुष्माको मृत्यु शुक्रबार राति ९ः४० बजे र छोरीको शनिबार बिहान १ः२१ बजे भएको थियो।

पोखरामा सडकको भेलले बगाउँदा ज्यान गुमाउन पुगेकी सात महिने गर्भवती सुष्मा दाहाल । सुष्मासँगैं उनकी २ बर्षीय छोरीको समेत ज्यान गएको छ ।
घटनास्थल पोखरा–१७ हर्कचोक (एयरपोर्ट नजिकै) हो। स्थानीय कमल दाहाल ग १३ प २८५९ नम्बरको स्कुटरमा श्रीमती सुष्मा र छोरी रानीलाई लिएर बिरौटादेखि पृथ्वीचोकतर्फ जाँदै थिए। भारी वर्षाले सडकमा भेल बढेपछि हर्कचोकमा स्कुटर रोक्ने क्रममा दुई वर्षीया रानीलाई अचानक भेलले बगाएर सडकको नालीमा पुर्यायो। छोरीलाई बचाउन आमा सुष्मा पनि नालीमा पुगिन्। त्यसपछि तीव्र भेलले आमा–छोरी दुवैलाई करिब दुई किलोमिटर तल बिरौटासम्म बगायो।
स्थानीय र प्रहरीको सहयोगमा बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी उनीहरूलाई गण्डकी मेडिकल कलेज लगिएको थियो। तर दुवैको ज्यान जोगाउन सकिएन।
यो घटना पोखराको दीर्घकालीन समस्याको प्रतीक बनेको छ। चुनावमा पोखरालाई स्मार्ट सिटी बनाउने वाचा गर्दै आएका मेयर, उपमेयर र अन्य जनप्रतिनिधिहरूले वर्षौंदेखि ढल र नाली व्यवस्थापनमा ठोस काम गर्न नसकेको आरोप लाग्दै आएको छ। वर्षा पर्नेबित्तिकै सडक नदी र खोला बन्ने समस्या जस्ताको तस्तै छ। अधिकांश ठाउँमा पानी परेपछि पैदल यात्री हिँडडुल गर्न समेत असहज हुन्छ। शुक्रबारको वर्षाले पनि यही पुरानो कमजोरी उजागर गरेको छ।
पोखराको मुख्य बजार क्षेत्र र आसपासका सडकहरूमा उचित ढल व्यवस्था नहुँदा सामान्य वर्षामा समेत सडक डुबानमा पर्ने र भेल बग्ने अवस्था दोहोरिरहेको छ। यसपटक त्यो भेलले दुई जनाको ज्यान नै लियो। स्थानीयवासीले वर्षात्को मौसम सुरु हुनेबित्तिकै यस्तै जोखिम दोहोरिने चिन्ता व्यक्त गर्दै आएका छन्।
अहिलेसम्म प्रशासनले घटनाको विस्तृत छानबिन अगाडि बढाएको छ। तर पोखराको सडक, नाली र ढल व्यवस्थापनमा दीगो समाधान नभएसम्म यस्ता दुर्घटना दोहोरिने जोखिम कायमै रहेको सरोकारवालाहरूको भनाइ छ।