
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, १० साउन । नेपाल प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) कास्कीको छैटौँ जिल्ला सम्मेलनबाट अधिवक्ता रुद्रलाल कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित भएको छ। पोखरामा शुक्रबार सम्पन्न सम्मेलनले आगामी दुई वर्षका लागि कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा हरि पण्डित, सचिवमा अनुप पौडेल, महिला सचिवमा ईश्वरी पौडेल र कोषाध्यक्षमा विनका शर्मा चयन भएका छन्। यसैगरी, कार्यसमिति सदस्यहरूमा रामबहादुर हमाल, सुजाता कोइराला, करुणा अधिकारी, बुद्धि सुवेदी र कविता अधिकारीलगायत रहेका छन् भने बाँकी सदस्यहरू कार्यसमितिले मनोनीत गर्ने अध्यक्ष कुँवरले जानकारी दिएका छन्।
पिपिएलए नेपालका महासचिव अधिवक्ता भुवन निरौलाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपा (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, डिएलए कास्कीका अध्यक्ष अधिवक्ता कमल पौडेल र आरपिएलए-एसपिएलए संयुक्त गण्डकी प्रदेश सचिव अधिवक्ता युवराज पराजुलीलगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सम्मेलनको अवसर पारेर पोखरालाई कार्यक्षेत्र बनाई लामो समयदेखि वकालत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद घिमिरे, गोविन्द शर्मा पौडेल र राघवलाल वैद्यलाई सम्मान गरिएको थियो। साथै, पिपिएलए कास्कीको कार्यसमितिमा रही उत्कृष्ट कार्यसम्पादन गरेका अधिवक्ताद्वय ईश्वरी पौडेल र अनुप पौडेललाई समेत सम्मानित गरिएको थियो। निर्वाचन समितिका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरि सुवेदी, नारायण शर्मा तथा अधिवक्ताहरू कमल अर्याल, भुवन पराजुली र सोम श्रेष्ठले निर्वाचन प्रक्रियाको सहजीकरण गरेका थिए। पिपिएलए कास्कीका अध्यक्ष मदनप्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
नवनिर्वाचित अध्यक्ष कुँवरको संक्षिप्त चिनारी :
विसं २०५१ मा अध्ययनको सिलसिलामा पर्वतबाट पोखरा आएका नवनिर्वाचित अध्यक्ष रुद्रलाल कुँवर हाल पोखरा महानगरपालिका वडा नं ७ का स्थायी बासिन्दा हुन्। कानूनशास्त्र, समाजशास्त्र र नेपाली विषयमा स्नातकोत्तर हासिल गरेका कुँवर पोखराका एक मिजासिला, जुझारु र चलायमान अधिवक्ताका रूपमा परिचित छन्। यसअघि कास्की जिल्ला बार एसोसिएशनका सदस्य तथा पिपिएलए कास्कीका सचिवको जिम्मेवारी सफलतापूर्वक निभाएका उनीसँग विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा कानूनी सल्लाहकारको रूपमा काम गरेको लामो अनुभव छ।

अध्यक्ष रुद्र कुँवर
व्यावसायिक कानूनकर्मका साथै सामाजिक तथा आध्यात्मिक क्षेत्रमा समेत सक्रिय कुँवर विभिन्न सङ्घसंस्थामा आबद्ध छन्। उनी डिभाईन युथ क्लब कास्कीका पूर्वअध्यक्ष, कुँवर समाज नेपाल कास्कीका वर्तमान अध्यक्ष र फलेवास पोखरा सम्पर्क समाजका संस्थापक सल्लाहकार हुन्। सरल र परोपकारी स्वभावका बहुआयामिक व्यक्तित्व कुँवरको नेतृत्वमा सङ्गठनले थप व्यावसायिक दक्षता हासिल गर्ने विश्वास गरिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति