
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ४ साउन । विश्व फुटबलमा स्पेनले फेरि एकपटक आफ्नो स्वर्णिम युगको पुनरागमन गरेको छ। न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा सोमबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले स्तब्ध पार्दै स्पेनले दोस्रोपटक विश्वकपको उपाधि चुमेको छ।
सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्व विजेता बनेको स्पेनका लागि १६ वर्षको लामो प्रतीक्षापछि यो जितले नयाँ पुस्ताको उदयलाई प्रमाणित गरेको छ।
अतिरिक्त समयको त्यो निर्णायक क्षण
खेल सुरुदेखि नै स्पेनले बल पोसेसन र आक्रामक रणनीतिका साथ अर्जेन्टिनालाई दबाबमा राखेको थियो। निर्धारित ९० मिनेट र अतिरिक्त समयको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। तर, १०६औँ मिनेटमा खेलले कोल्टे फे¥यो। निको विलियम्सले उपलब्ध गराएको उत्कृष्ट पासमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक अग्रता दिलाए। अन्ततः टोरेसको यही गोल नै स्पेनलाई विश्व विजेता बनाउन पर्याप्त बन्यो।
अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्नो तेस्रो विश्वकप खेल्ने कीर्तिमान बनाए पनि स्पेनको चुस्त मिडफिल्डको घेराभित्र उनी निरिह देखिए। इन्जुरी समयमा इन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो।
स्पेनको जितका ‘नायकहरू’ : प्रतिभा र अनुभवको सन्तुलन
यो विजय केवल एक गोलको मात्र होइन, यो स्पेनको टोलीमा रहेका खेलाडीहरूको सामुहिक साहस र रणनीतिक उत्कृष्टताको नतिजा हो।
मिडफिल्डका इन्जिन- रोड्रीः टोलीका कप्तान रोड्रीले प्रतियोगिताभर मिडफिल्डलाई आफ्नो नियन्त्रणमा राखे। उनले खेलको गति निर्धारण मात्र गरेनन्, निर्णायक क्षणमा टिमलाई सम्हाले। उनले आफ्नो असाधारण प्रदर्शनका लागि ’गोल्डेन बल’ अवार्ड जिते।
रक्षापङ्क्तिका पर्खाल-पाउ कुबार्सी र आयमेरिक लापोर्टः अनुभवी लापोर्ट र युवा डिफेन्डर कुबार्सीको जोडीले प्रतियोगिताभर विपक्षी आक्रमणलाई निस्तेज पारे। कुबार्सी प्रतियोगिताकै ’उत्कृष्ट खेलाडी’ घोषित भए।
अजेय गोलकिपर-उनाइ सिमोनः स्पेनको पोस्टमुनि रहेका सिमोनले प्रतियोगिताभरि एक गोल मात्र खानु उनको उत्कृष्ट फर्मको प्रमाण हो। उनले ’गोल्डेन ग्लभ्स’ जित्दै विश्वकै उत्कृष्ट गोलकिपरको उपाधि हात पारे।
युवा सनसनी-लामिन यमालः यमालले गोल वा असिस्टमा नाम नलेखाए पनि विपक्षी डिफेन्डरका लागि उनी सधैँ टाउको दुखाइ बने। उनको तीव्र ड्रिबल र अट्याकिङ शैलीले विपक्षी रक्षापङ्क्तिलाई सधैँ अस्थिर बनाइराख्यो।
रणनीतिक खेलाडीहरूः फाबियन रुइजको प्लेमेकिङ, मिकेल मेरिनोको ’सुपर–सब’ भूमिका, पेड्रो पोरो र फेरान टोरेसको निर्णायक क्षमताले स्पेनलाई हरेक खेलमा फरक–फरक नायक प्रदान ग¥यो।
नयाँ युगको सुरुवात
प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा स्पेनले आकर्षक पासिङ फुटबल र उच्च प्रेसिङ गेमको नमुना प्रस्तुत गरेको छ। २०२४ को युरोकप जितेको दुई वर्षमै विश्वकप जित्नुले स्पेनले विश्व फुटबलमा पुनः आधिपत्य जमाएको छ।
अघिल्ला संस्करणमा देखिएका उतारचढाव र निराशालाई चिर्दै स्पेनले यो उपाधि जितेर नयाँ पुस्ताले अब अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्ने स्पष्ट सन्देश दिएको छ। विश्व फुटबलको सर्वोच्च स्थानमा पुनः फर्केको स्पेन अब केही वर्ष विश्व फुटबलको पर्याय बन्ने निश्चित छ।
स्पेनको विश्वकप २०२६ यात्राको संक्षिप्त विवरणः
समूह चरणः केप भर्डेसँग ०–०, साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–०
नकआउटः अस्ट्रियालाई ३–० (राउन्ड अफ ३२), पोर्चुगललाई १–० (राउन्ड अफ १६), बेल्जियमलाई २–१ (क्वार्टरफाइनल)
सेमिफाइनलः फ्रान्सलाई ३–० ले पराजित
फाइनलः अर्जेन्टिनालाई १–० ले पराजित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन