
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २५ असार । कास्की प्रहरीले पोखराबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। लागू औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ पोखरा महानगरपालिका–१८, सेदीबाट अर्घाखाँचीका २५ वर्षीय हरिबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो।
वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका घर्तीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट १ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर (खैरो हिरोइन) जस्तो देखिने पदार्थ बरामद गरेको थियो। प्रहरीले उनको साथबाट एक थान मोबाइल समेत बरामद गरेको छ।
पक्राउ परेका घर्ती अर्घाखाँचीको सितागंगा नगरपालिका–२ का स्थायी बासिन्दा हुन् र हाल पोखरामा पर्यटकका रूपमा आएका थिए।
घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र कुमार पासवानले पक्राउ परेका घर्तीलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्। प्रहरीले यस घटनामा थप संलग्नता र कारोबारको सञ्जालबारे अनुसन्धान भइरहेको जनाएको छ।