
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ६ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा सवारी साधनको स्वरुप परिवर्तन (मोडिफाई) गरी चलाउनेहरू विरुद्ध सञ्चालन गरिरहेको विशेष अभियान ‘अपरेसन ३६५’ लाई थप आक्रामक बनाएको छ।
अभियान अन्तर्गत बुधबार राति पोखराका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा प्रहरीले थप २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारको टोलीले ४ वटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
यससँगै ‘अपरेसन ३६५’ अभियानको थालनी भएयता हालसम्म नियन्त्रणमा लिइएका सवारी साधनको संख्या ७१२ पुगेको छ भने यस कार्यमा संलग्न ३६ जनालाई समेत कानुनी दायरामा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले सवारी साधनको स्वरुप परिवर्तन गर्ने कार्यले दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषण समेत फैलाउने भएकाले यसलाई कडाइका साथ नियन्त्रण गर्न लागिएको बताए।
उनले भने, ‘सवारी धनीहरूले आफ्नो साधनलाई पूर्ववत् असली स्वरूपमा मात्र चलाउनुहुन र वर्कसप, ग्यारेज तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई पनि सवारी साधन मोडिफाई गर्ने कार्य नगर्न-नगराउन विशेष अनुरोध गर्दछु।’
प्रहरीले मोडिफाई गरी चलाएको पाइएमा सवारी धनी र सो कार्यमा संलग्न वर्कसप सञ्चालक वा व्यक्तिहरूलाई समेत कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। प्रहरीको यो सक्रियताले सडक सुरक्षा कायम गर्न र अव्यवस्थित सवारी सञ्चालनलाई निरुत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।