
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, ९ जेठ । पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पताल प्रशासन र यसका सञ्चालकहरूको चरम दादागिरी एवं विद्यार्थी शोषणविरुद्ध अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) गण्डकी प्रदेश कमिटीले कडा चेतावनी दिएको छ।
चिकित्सा शिक्षा (बीएस्सी नर्सिङ) अध्ययनरत छात्राहरूमाथि अस्पताल प्रशासन र मेडिकल माफियाका रूपमा प्रस्तुत भएका सञ्चालकद्वय आनन्दराज बतास र नारायण पौडेलबाट भइरहेको ’दासयुगीन शोषण’ र अमानवीय व्यवहारप्रति संगठनले गम्भीर ध्यानाकर्षण गराउँदै सशक्त आन्दोलनको घोषणा गरेको हो।
शुक्रबार (जेठ ८ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले मनिपाल प्रशासनको अटेरीपन र सञ्चालकहरूको गैरजिम्मेवार अभिव्यक्तिको कडा शब्दमा भर्त्सना गरेको छ।
विज्ञप्ति अनुसार, लाखौँ रुपैयाँ चर्को शुल्क बुझाएर सुन्दर भविष्यको खोजीमा आएका छात्राहरूलाई मणिपाल प्रशासनले पशुवत् व्यवहार गरेको छ। मात्र २ जना अट्ने साँघुरो, अँध्यारो, र भेन्टिलेसन समेत नभएको कुरुप कोठामा ८ जनासम्म छात्राहरूलाई ’भेडा–बाख्रा जस्तै’ कोचेर राखिएको सनसनीपूर्ण खुलासा भएको छ।
गुम्स्याहट र निसास्सिएका कारण छात्राहरू रातभर छतमा उभिएर रात काट्न बाध्य भइरहेको दारुण चित्र विज्ञप्तिमा कोरिएको छ। यति मात्र नभई, अस्पतालको भुइँतल्ला (बेसमेन्ट)मा रहेको अक्सिजन र प्राकृतिक प्रकाशविहीन कोठामा दैनिक ६ देखि ७ घण्टासम्म विद्यार्थीलाई कोचेर उनीहरूको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको दाबी गरिएको छ।
यस चरम अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउँदा मणिपाल कलेजका प्रिन्सिपल र प्रशासनले उल्टै छात्राहरूलाई धम्की दिने, मानसिक त्रास फैलाउने र आवाज दबाउने हर्कत गरिरहेको संगठनले जनाएको छ। विद्यार्थी संगठनले यसलाई कलेजको सामान्य लापरबाही मात्र नभई अन्तर्राष्ट्रिय मानव अधिकार र विद्यार्थी हक–अधिकारको ठाडो र क्रुर उल्लंघन, एवं ‘निन्दनीय र आपराधिक कार्य’ ठहर गरेको छ।
यस्तो संवेदनशील र दर्दनाक अवस्था बाहिर आउँदा समेत माफी माग्नुको सट्टा अस्पतालका सञ्चालक नारायण पौडेलले सञ्चारमाध्यममा ‘तिरेको शुल्क अनुसारकै बसाइ हो, थप सुविधा चाहिए थप पैसा तिर्नु’ भनी दिएको हदसम्मको गैरजिम्मेवार, अहङ्कारी र शोषकमुखी अभिव्यक्तिको संगठनले घोर आपत्ति प्रकट गरेको छ।

विवादै विवादको बिचमा नेपाल मणिपाल शिक्षण अस्पतालका सञ्चालकद्वय आनन्दराज बतास र नारायण पौडेल । तस्विर एआई
शिक्षा र स्वास्थ्य क्षेत्रलाई केवल पैसा छाप्ने मेसिन र विद्यार्थीलाई वस्तु ठान्ने वित्तीय माफिया सञ्चालकद्वय आनन्दराज बतास र नारायण पौडेललाई लक्षित गर्दै अखिल (समाजवादी) ले २४ घण्टाको कडा अल्टिमेटम दिएको छ। २४ घण्टाभित्र छात्राहरूको आवास र पढाइको अवस्था मर्यादित बनाई सम्झौता अनुसार सुधार नगरिए संगठन कडा भन्दा कडा र निर्णायक सङ्घर्षको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने चेतावनी इन्चार्ज एवं केन्द्रीय सचिव प्रकाश सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
संगठनले कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सम्बन्धित सरकारी नियामक निकायहरूलाई यस गम्भीर विषयमा तत्कालै स्थलगत अनुगमन गरी ठोस कदम चाल्न र पीडित विद्यार्थीहरूको समस्या समाधानका लागि निर्णायक पहलकदमी लिन जोडदार माग गरेको छ।
अन्तिम चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ-‘यदि राज्यका लाचार निकायहरूले समयमै पीडित विद्यार्थीहरूको पक्षमा एक्सन लिएनन् र यी माफिया सञ्चालकहरूलाई नै संरक्षण गरिरहे भने, अखिल (समाजवादी) टुलुटुलु हेरेर बस्ने छैन। संगठन आफैँ मैदानमा उत्रिएर अस्पताल सञ्चालकहरू आनन्दराज बतास र नारायण पौडेल लगायतका मतियारहरूलाई जनताको बिचमा नाङ्गै पार्दै आवश्यक कडा कारबाही गर्न बाध्य हुनेछ।’
यस आन्दोलन र प्रतिरोधबाट निस्कने जुनसुकै भयानक र अप्रिय परिणामको सम्पूर्ण जिम्मेवार कलेज प्रशासन, शोषक सञ्चालकद्वय आनन्दराज बतास र नारायण पौडेल एवं लाचार राज्य संयन्त्र आफैँ हुनुपर्ने कडा चेतावनी समेत दिइएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा