
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, ७ वैशाख । जेनजी आन्दोलनदेखि नै विवादमा घेरिएका सुधन गुरुङ गृहमन्त्री भएपछि थप एकपछि अर्को विवादमा जोडिएका छन् । पानी बाँड्ने अभियन्ताबाट एकाएक गृहमन्त्री बन्ने उनको यात्रा प्रारम्भदेखि नै शंकास्पद देखिएको थियो ।
नेपालको आर्थिक गतिविधिदेखि फ्री तिब्बत अभियानसम्म जोडिएका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर गोरखाबाट सांसद निर्वाचित भएपछि ‘सप्र्राइज’का रूपमा गृहमन्त्री नियुक्त भएका थिए । उनी हामी नेपाल संस्थासँग जोडिएका थिए र उक्त संस्थामार्फत दीपक भट्ट तथा शंकर ग्रुपसँगको सम्बन्ध खुलेको थियो ।
हामी नेपालको वेबसाइटमा फ्री तिब्बत समर्थक संस्थासँग सहकार्य
हामी नेपालको आधिकारिक वेबसाइटमा ‘स्टुडेन्ट फर अ फ्री तिब्बत’लाई सहयोगी संस्थाको रूपमा उल्लेख गरिएको छ । सो संस्थाको लोगो र लिङ्क समेत वेबसाइटमा राखिएको थियो । भारतमा सक्रिय यो संस्था दलाई लामासँग मिलेर तिब्बतको स्वतन्त्रताका लागि काम गर्दै आएको छ । नेपालमा चीनविरोधी प्रदर्शनमा समेत यसको संलग्नता देखिएको थियो ।
सन् २००६ मा काठमाडौंको बौद्धमा तिब्बती युवा कर्मा ग्यास्तोले फ्री तिब्बतको माग गर्दै आत्मदाहको प्रयास गरेका थिए । उनी घाइते अवस्थामा उपचारका क्रममा मृत्यु भएपछि सो संस्थाले नेपाल सरकारविरुद्ध प्रदर्शन गरेको थियो । हामी नेपालले उक्त संस्थासँग सहकार्य गरेको विवरण वेबसाइटमै उल्लेख छ । यसबाहेक नमोबुद्धको थांग्रु गुम्बा र अमेरिकाको हिमालयन चिल्ड्रेन्स फन्डसँग पनि सम्बन्ध देखिएको छ ।
विवादित व्यापारिक समूहसँग लगानी र सम्बन्ध
गुरुङ जेनजी अभियन्ताको रूपमा सक्रिय रहँदा नै दीपक भट्ट र शंकर ग्रुपसँग नजिकिएका थिए । हामी नेपालले दीपक भट्ट, साहिल अग्रवाल र सुलभ अग्रवाललाई सामाजिक अभियानमा सहयोग गरेबापत सम्मान गरेको थियो । तर पछि खुलेअनुसार गुरुङ उनीहरूको लगानी रहेको कम्पनीमा साझेदार नै रहेका छन् ।
स्टार माइक्रो इन्स्योरेन्स प्रालिः भट्ट र शंकर समूहको लगानी रहेको यस कम्पनीमा गुरुङको समेत लगानी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणमा आफू अनुकूल नेतृत्व पुर्याएर हिमालयन रिइन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सलाई अनुमति दिलाएको आरोप छ ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सः यसमा गुरुङको नाममा २५ हजार कित्ता शेयर रहेको खुलासा भएको छ । तर उनले यो लगानी सम्पत्ति विवरणमा खुलाएका छैनन् ।
अहिले दीपक भट्ट हिमालयन रिइन्स्योरेन्समा आम नागरिकको लगानी जोखिममा पार्ने, सम्पत्ति शुद्धीकरणजस्ता आरोपमा हिरासतमा छन् । गुरुङले उक्त समूहको इन्स्योरेन्स कम्पनीमा लगानी लुकाएको पुष्टि भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गुरुङले होप होल्डिङ्स प्रालि, लगुम प्रिमियम अपार्टमेन्ट र एड्भेन्चर भिल्ला प्रालिमा लगानी उल्लेख गरेका छन् । तर स्टार माइक्रो इन्स्योरेन्सको शेयरबारे कुनै उल्लेख छैन । डन न्यूजले प्राप्त गरेको स्टारको शेयर लगतमा नागरिकता नम्बर र बाबुको नामसहित गुरुङको नाम स्पष्ट देखिएको छ ।
सम्पत्ति विवरणमा लुकाइ र निजी गाडी प्रकरण
सम्पत्ति विवरण सार्वजनिक भएदेखि नै स्रोतबारे प्रश्न उठिरहेको थियो । स्टारको शेयर लगत र उनको सम्पत्ति विवरणले लगानी लुकाएको पुष्टि गरेको छ । गृहमन्त्री नियुक्त भएपछि सरकारी गाडी नचढ्ने घोषणा गरेका गुरुङले निजी रातो कार प्रयोग गर्दै आएका छन् । उक्त कार उनको लगानी रहेको कम्पनीको नाममा छ । दोस्रो कारबारे उनले अझै सार्वजनिक गरेका छैनन् ।
जेनजी आन्दोलनमा शंकास्पद भूमिका
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) मा भएको ध्वंसात्मक गतिविधिमा गुरुङ र हामी नेपालको भूमिका शंकास्पद देखिएको थियो । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा समेत उल्लेख छ तर विस्तृत अनुसन्धान भएको छैन ।
शंकर ग्रुप र दीपक भट्टको प्रभाव
शंकर समूह र दीपक भट्टले नीति निर्माण तहदेखि राजनीतिक तहसम्म प्रभाव पारेर बीमा क्षेत्रमा पकड बनाएको आरोप छ । २०७९ मा जीवन बीमा र पुनर्बीमा क्षेत्रमा उनीहरूको लगानी बढेको थियो । गार्डियन, क्रेस्ट, लिबर्टी, नेपाल माइक्रो, प्रोटेक्टिभ, स्टार र ट्रस्ट माइक्रो इन्स्योरेन्सजस्ता कम्पनीले अनुमति पाए पनि लगानीकर्ता शंकर र भट्ट समूहकै थिए । गुरुङको लगानी यही समूहका दुई कम्पनीमा देखिएको छ ।
यो समूहले केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा जुनसुकै प्रधानमन्त्री भए पनि आफू अनुकूल निर्णय गराएको आरोप लाग्दै आएको छ । कोरोनाकालमा हिमालयन रिइन्स्योरेन्सलाई अनुमति, चकलेट भन्सार दर घटाउने, गाडी आयातमा छुट, स्टक एक्सचेन्ज अनुमतिजस्ता निर्णयमा उनीहरूको प्रभाव देखिएको थियो ।
हामी नेपालको मुख्य दाता विवादित
पारदर्शिता र जवाफदेहिता माग्ने हामी नेपालको मुख्य सहयोगी शंकर समूह र इन्फिनिटी होल्डिङ्स (दीपक भट्ट) रहेको देखिन्छ । उनीहरूलाई संस्थाले सम्मान समेत गरेको थियो । संस्थाले ५४ करोड सहयोग प्राप्त गरेको र ६३ लाख ५२ हजार बाँकी रहेको विवरण फेला परे पनि विस्तृत स्रोत र खर्च विवरण सार्वजनिक गरेको छैन ।
जेनजी आन्दोलनमा उदय र राजनीतिक भूमिका
२०७२ अघि रेस्टुरेन्ट व्यवसायी र डीजे रहेका गुरुङ भूकम्पमा आफन्त बालकको मृत्युपछि राहत कार्यमा लागे । २०१५ बाट सक्रिय हामी नेपाल २०२० मा दर्ता भयो । सामाजिक सञ्जाल प्रतिबन्धपछि नेपो अभियानबाट जेनजी आन्दोलन सुरु भयो ।
सोमबार शान्तिपूर्ण आन्दोलनमा १९ जनाको मृत्युपछि मिराज ढुंगाना समूह बाहिरिए र गुरुङ हाबी भए । भारतीय मिडियाले उनलाई मुख्य नेता भनेर प्रचार ग¥यो । उनले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा इन्डोर्स गरे । बालेन शाह र प्रधानसेनापति अशोक सिग्देलसँग समेत छलफल भए । अन्ततः कार्की अन्तरिम प्रधानमन्त्री बनेपछि गुरुङले खुट्टा ढोगेर शपथ समारोहमा भाग लिए ।
पारदर्शिता माग्ने संस्था र अभियन्ताबाट गृहमन्त्री बनेका सुधन गुरुङको फ्री तिब्बत सम्बन्ध, विवादित व्यापारिक घरानासँगको लगानी, सम्पत्ति लुकाउने र जेनजी आन्दोलनमा शंकास्पद भूमिकाले उनलाई निरन्तर विवादको घेरामा पारेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा