
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, २ वैशाख । नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले मन्त्री पद नपाएको झोकमा आज बुधबारैं प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।
आजै गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएर नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका थिए । पुनर्गठित मन्त्रिमण्डलमा आफू समावेश नभएपछि कुँवरले तत्काल राजीनामा दिएका हुन् । उनले राजीनामा आजको मितिदेखि नै लागू हुने गरी प्रदेशसभा सभामुखलाई बुझाएका छन् ।
कुँवर बागलुङ जिल्ला क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका छन् ।
राजीनामा पत्रमा कुँवरले लेखेका छन् :
‘मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारी सहित मतादेश र जनादेश दिनु भएका आम मतदाता, शुभचिन्तक, शुभेच्छुक जनमा कोटीकोटी नमनसहित कृतज्ञता व्यक्त गर्दछु । आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु ।’
उनले थप भनेका छन्, ‘आफू कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्यहरू, समिति, राष्ट्रसेवक कर्मचारी, नेपाली कांग्रेस पार्टी तथा मिडियाप्रति कोटीकोटी नमन व्यक्त गर्दै गण्डकी प्रदेशसभा र प्रदेश सरकारको पूर्ण कार्यकालको शुभकामना समेत दिएका छन् ।
यो घटनाले गण्डकी प्रदेशमा कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि देखाएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भागबन्डा गरी आज मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । नयाँ मन्त्रीहरूमा गोविन्दबहादुर नेपाली (भौतिक पूर्वाधार), नन्दप्रसाद न्यौपाने (ऊर्जा तथा खानेपानी), जितबहादुर शेरचन (आर्थिक मामिला), भीमबहादुर कार्की (कृषि तथा सहकारी), यशोदा रिमाल (उद्योग तथा पर्यटन), लक्ष्मणबहादुर पाण्डे (स्वास्थ्य) र नम्डु गुरुङ (वन तथा वातावरण) रहेका छन् ।
कुँवरको राजीनामाले प्रदेशसभामा कांग्रेसको संख्या घट्ने भएको छ भने आगामी दिनमा पार्टीभित्र थप छलफल र असन्तुष्टि बढ्न सक्ने देखिएको छ ।