
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
३अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
४गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
५पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
६विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
७साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
८गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
९पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१०अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
११श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
१२भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
पोखरा, १ वैशाख । सञ्चारिका समूह गण्डकी को सातौं अधिवेशनले राधिका कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सोमबार पोखरामा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि कँडेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
राससमा फोटो पत्रकारको रूपमा कार्यरत राधिका कँडेल पोखरामा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । नयाँ कार्यसमितिमा उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आले मगर, सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) चयन भएका छन् । सदस्यहरूमा शोभा नेपाल, सपना अधिकारी, रोजी श्रेष्ठ, विना थापा मगर, रीना थापा र देविका तामाङ रहेका छन् ।
सञ्चारिका समूह नेपाल महिला पत्रकार र सञ्चारकर्मीहरूको अग्रणी संस्था हो । सन् १९९६ अप्रिलमा बेइजिङ प्लेटफर्म फर एक्सनको प्रेरणाबाट स्थापित यो समूहले नेपाली सञ्चार क्षेत्रमा महिलाको प्रतिनिधित्व वृद्धि गर्नु, लैङ्गिक संवेदनशील रिपोर्टिङलाई मुख्यधारामा ल्याउनु, महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु र उनीहरूको सुरक्षा तथा हकहित संरक्षण गर्नु मुख्य उद्देश्य राखेको छ ।
संस्थाले वर्षौंदेखि महिला पत्रकारहरूलाई तालिम, अन्तरक्रिया, फेलोसिप कार्यक्रम, मिडिया अनुगमन र लैङ्गिक मुद्दामा आधारित सामग्री उत्पादनमा जोड दिँदै आएको छ । हिंसा, बलात्कार जस्ता नकारात्मक विषयभन्दा महिलाका सफलता, उद्यमशीलता र सशक्तीकरणका कथा मुख्यधाराको मिडियामा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नीति निर्माण तहसम्म महिला मुद्दालाई पुर्याउने प्रयास गर्दै आएको छ । यसले महिला पत्रकारहरूको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलेको छ र विभिन्न प्रदेशमा शाखामार्फत क्रियाशील रहेको छ ।
अधिवेशनको उद्घाटन गर्दै सञ्चारिका समूह नेपालकी पूर्वअध्यक्ष तथा राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारीले नेतृत्व तहमा महिलाको सहभागिता बढाउन सञ्चारिकाले थप सक्रिय भूमिका खेल्नुपर्ने बताइन् । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार बिमला भण्डारीले नेपाली सञ्चार जगतमा महिला पत्रकारको सहभागिता र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महासंघकी महासचिव तथा सञ्चारिकाकी पूर्वअध्यक्ष जमुना वर्षा शर्मा, सञ्चारिका समूह नेपालकी उपाध्यक्ष वसन्ती बास्तोला, महासंघकी निवर्तमान केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सञ्चारिका समूह गण्डकीकी पूर्वअध्यक्ष स्मीता अधिकारीलगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रम पूर्वअध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोषाध्यक्ष उमा आले मगरले सञ्चालन गरेकी थिइन् । अधिवेशनले महासचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।
नयाँ कार्यसमितिले आगामी दिनमा गण्डकी प्रदेशमा महिला पत्रकारहरूको क्षमता विकास, लैङ्गिक समानता प्रवद्र्धन र सुरक्षित कार्य वातावरण निर्माणमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सञ्चारिका समूह नेपालले स्थापनाकालदेखि नै महिला पत्रकार तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, लैङ्गिक समानता प्रवद्र्धन र महिला हिंसा न्यूनीकरणमा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले तालिम, कार्यशाला, अन्तरक्रिया, फेलोसिप कार्यक्रम, मिडिया अनुगमन, सचेतना अभियान र सामग्री उत्पादनलाई मुख्य प्राथमिकता दिएको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन