
१सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
४डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
५सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
६झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
७मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
८अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
९सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
११पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
१२पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१०पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
पोखरा, ३० चैत । सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएका हजारौं व्यक्तिहरू फरार भएका छन् । यस कारण अदालतका फैसलाहरू कार्यान्वयन गर्न ठूलो चुनौती देखिएको छ ।
सर्वोच्च अदालतका सहरजिष्ट्रार सूर्यवंश शर्मा कँडेलले दिएको जानकारीअनुसार, गत पुस मसान्तसम्म यी फरार दोषीहरूबाट १ लाख २३ हजार ८४१ वर्ष ५ महिना १ दिन कैद भुक्तान हुन बाँकी छ भने ३० अर्ब ९२ करोड ७७ लाखभन्दा बढी जरिवाना असुल्न बाँकी रहेको छ ।
उनले बताएअनुसार, अदालतको अन्तिम फैसला भए पनि दोषीहरू फरार भएकाले कैद र जरिवाना उठाउन सकिएको छैन । नेपाल प्रहरीसहित सम्बन्धित निकायलाई बारम्बार पत्राचार गरे पनि अपेक्षित सफलता मिलेको छैन ।
‘जरिवाना करिब ३१ अर्ब उठ्न बाँकी छ, तर अदालतको छानो फेर्न १५ लाख रुपैयाँ पनि जुटाउन मुस्किल छ,’ उनले भने ।
अदालतका अनुसार सरकारी बिगो मात्र २ अर्ब १६ करोडभन्दा बढी उठ्न बाँकी छ भने अपराध पीडितहरूलाई क्षतिपूर्तिबापत १ अर्ब ४५ करोडभन्दा बढी रकम भराउन बाँकी रहेको छ ।
एकातिर फरार दोषीबाट कैद र जरिवाना उठ्न सकेको छैन भने अर्कोतिर अदालतमा वर्षौंदेखिका पुराना मुद्दाहरूको चाङ लागेको छ । सर्वोच्च अदालतमा अहिले पनि ५ वर्ष नाघेका १ हजार ७५२ मुद्दा र २ वर्ष नाघेका १० हजार ३०९ मुद्दा बाँकी छन् ।
देशभरका उच्च अदालत र जिल्ला अदालतहरूमा ५ वर्ष नाघेका मुद्दा शून्य छन् भने २ वर्ष नाघेका मुद्दा उच्च अदालतमा १८१ र जिल्ला अदालतमा ८ हजार ५०१ वटा छन् । उच्च अदालत पोखरामा भने २ वर्ष नाघेका मुद्दा मात्र २ वटा छन् ।
पुराना मुद्दा छिटो फछ्र्यौट गर्न सर्वोच्चदेखि उच्च र जिल्ला अदालतसम्म योजनाबद्ध रूपमा काम भइरहेको कँडेलले बताए । उनले अदालतले फैसला गरेर मात्र न्याय नहुने भन्दै फैसला कार्यान्वयनमा अन्य निकायहरूले पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।
यो जानकारी सर्वोच्च अदालतको केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले सोमबार उच्च अदालत पोखरामा आयोजना गरेको एक कार्यक्रममा दिइएको थियो ।
कार्यक्रममा कास्कीका जिल्ला न्यायाधीश हिमलाल बेलबासेले दोषी ठहर भएकाहरूबाट कैद र जरिवाना उठाउन राज्यले दिने अन्य सेवा–सुविधासँग जोड्नुपर्ने सुझाव दिए । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले अदालतबाट दया–माया आशा नगर्न नागरिकहरूलाई आग्रह गरे ।
सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीले अदालत समयअनुसार परिवर्तन हुनुपर्ने र भीडले अदालत प्रभावित पार्ने प्रयासविरुद्ध सबैले खबरदारी गर्नुपर्ने बताइन् । कार्यक्रमका सहभागीहरूले फैसला कार्यान्वयन नहुँदा पीडितले वास्तविक न्याय नपाएको गुनासो गरेका थिए ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने