
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं, चैत २५ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा दम्पतीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट मंगलबार अनुमति प्राप्त गरेको हो । अदालतले विभागको अनुरोधअनुसार पक्राउ पुर्जी जारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
विभागले देउवा दम्पतीको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी विवरण संकलन गर्दै आएको थियो । गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा भएको आगजनीका क्रममा घरभित्र ठूलो मात्रामा पैसा जलेको अवस्थामा भेटिएको भिडिओ सार्वजनिक भएपछि यो विषयमा छानबिनको माग उठेको थियो । उक्त घटनामा देउवा दम्पती घाइते भएका थिए ।
देउवा दम्पती हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको बताइएको छ । विभिन्न स्रोतका अनुसार उनीहरू सिंगापुर हुँदै हङकङ पुगेका छन् ।
पक्राउ प्रक्रिया कसरी अघि बढ्छ ?
पक्राउ पुर्जी जारी भएसँगै विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग माग्ने भएको छ । यसअघि पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि सीआईबीले नै पक्राउ गरेर विभागलाई बुझाएको थियो ।
देउवा दम्पती विदेशमा रहेका कारण प्रहरीले पहिले उनीहरूको खोजी गर्नेछ । यदि उनीहरू नेपाल फर्किएमा विमानस्थलबाट नै पक्राउ गर्न सकिनेछ । तर, उनीहरूले नेपाल नफर्किएमा विभागले पासपोर्ट रोक्का गर्नुका साथै इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्ने प्रक्रिया अघि बढाउनेछ । अन्तिम चरणमा इन्टरपोलको ‘रेड नोटिस’ जारी गर्न सकिने कानुनी व्यवस्था छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान छ । विभागले हालसम्मका अन्य मुद्दामा पनि आरोपीहरूलाई पक्राउ गरेर नै अनुसन्धान थालेको देखिन्छ ।
शेरबहादुर देउवा गृहमन्त्री एक पटक र प्रधानमन्त्री पाँच पटक भइसकेका छन् भने आरजु राणा देउवा एक पटक परराष्ट्रमन्त्री भइसकेकी छन् । दुवै नेपाली कांग्रेस केन्द्रित राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।
यो घटनाले मुलुक बाहिर रहेका उच्च राजनीतिक व्यक्तित्वहरूको सम्पत्ति छानबिनलाई थप तीव्रता दिएको छ । बालेन शाह नेतृत्वको सरकारले चैत १३ गते पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार पहिलो चरणमा केही व्यक्तिहरू पक्राउ परिसकेका छन् ।