
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं, चैत २५ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा दम्पतीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट मंगलबार अनुमति प्राप्त गरेको हो । अदालतले विभागको अनुरोधअनुसार पक्राउ पुर्जी जारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
विभागले देउवा दम्पतीको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी विवरण संकलन गर्दै आएको थियो । गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा भएको आगजनीका क्रममा घरभित्र ठूलो मात्रामा पैसा जलेको अवस्थामा भेटिएको भिडिओ सार्वजनिक भएपछि यो विषयमा छानबिनको माग उठेको थियो । उक्त घटनामा देउवा दम्पती घाइते भएका थिए ।
देउवा दम्पती हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको बताइएको छ । विभिन्न स्रोतका अनुसार उनीहरू सिंगापुर हुँदै हङकङ पुगेका छन् ।
पक्राउ प्रक्रिया कसरी अघि बढ्छ ?
पक्राउ पुर्जी जारी भएसँगै विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग माग्ने भएको छ । यसअघि पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि सीआईबीले नै पक्राउ गरेर विभागलाई बुझाएको थियो ।
देउवा दम्पती विदेशमा रहेका कारण प्रहरीले पहिले उनीहरूको खोजी गर्नेछ । यदि उनीहरू नेपाल फर्किएमा विमानस्थलबाट नै पक्राउ गर्न सकिनेछ । तर, उनीहरूले नेपाल नफर्किएमा विभागले पासपोर्ट रोक्का गर्नुका साथै इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्ने प्रक्रिया अघि बढाउनेछ । अन्तिम चरणमा इन्टरपोलको ‘रेड नोटिस’ जारी गर्न सकिने कानुनी व्यवस्था छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान छ । विभागले हालसम्मका अन्य मुद्दामा पनि आरोपीहरूलाई पक्राउ गरेर नै अनुसन्धान थालेको देखिन्छ ।
शेरबहादुर देउवा गृहमन्त्री एक पटक र प्रधानमन्त्री पाँच पटक भइसकेका छन् भने आरजु राणा देउवा एक पटक परराष्ट्रमन्त्री भइसकेकी छन् । दुवै नेपाली कांग्रेस केन्द्रित राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।
यो घटनाले मुलुक बाहिर रहेका उच्च राजनीतिक व्यक्तित्वहरूको सम्पत्ति छानबिनलाई थप तीव्रता दिएको छ । बालेन शाह नेतृत्वको सरकारले चैत १३ गते पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार पहिलो चरणमा केही व्यक्तिहरू पक्राउ परिसकेका छन् ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन