
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं, १८ चैत । नेकपा (एमाले)ले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई निर्विरोध चयन गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले उनलाई निर्विरोध रूपमा दलको नेता बनाएको हो ।
यसअघि युवा सांसद सुहाङ नेम्वाङले पनि संसदीय दलको नेताका लागि दाबी गरेका थिए । तर, मनोनयन दर्ताको अन्तिम समयमा आवश्यक प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनको उम्मेदवारी दर्ता हुन सकेन । निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई ज्ञापन गरेका छन् ।
नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बादललाई दिएको छ ।
अध्यक्ष ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका कारण उनलाई हिरासतबाट मुक्त नभएसम्मका लागि कार्यवाहक अध्यक्ष बनाइएको हो । ओलीले बादललाई लेखेको पत्रमा ‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छु’ भन्ने उल्लेख छ ।
आजै बुधबार बसेको संसदीय दलको बैठकले बादललाई संसदीय दलको नेतामा समेत चयन गरेको थियो ।
संसदीय दलको नेता चयन भएपछि थापाले भने, ‘संसदमा अंकगणितको हिसाबले हामी कमजोर देखिन सक्छौं, तर जनमतको हिसाबले प्रतिपक्षीहरू निकै ठूलो शक्ति बनेका छन् ।’ यी दुवै निर्णय आजै च्यासलमा बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट भएका हुन् ।