
१सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
२काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
३भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
४बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
५जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
६ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
७पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
८मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
९प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
१२चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौं, १५ चैत । सरकारले गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ७ मा उक्त व्यवस्था गरिएको छ । समितिलाई घटनासम्बन्धी सबै विवरण संकलन, विश्लेषण र जिम्मेवार पक्ष पहिचान गरी तोकिएको समयभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइने छ । समितिको सिफारिसअनुसार थप कारबाही अघि बढाइने सरकारले जनाएको छ ।
यसअघि भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आफ्नो प्रतिवेदनमा भदौ २४ गतेको घटनाको छानबिनका लागि अलग्गै संयन्त्र बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसलाई आधार बनाएर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यो निर्णय गरेको हो ।
सरकारले भदौ २३ गतेको दमनमा मात्र अनुसन्धान अघि बढाएको भन्दै आलोचना भइरहेका बेला २४ गतेका हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न समिति गठन गर्ने योजना सार्वजनिक गरेको छ ।
प्रहरीले भने भदौ २४ गते आन्दोलनको आवरणमा भएका अपराधमा तीव्र अनुसन्धान गरेको छ । प्रहरीका अनुसार १२ चैतसम्म आगजनी, तोडफोड, लुटपाट र प्रहरी हत्यासम्बन्धी घटनामा ९४९ जनालाई पक्राउ गरिसकिएको छ ।
प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले भने, ‘जेन–जी आन्दोलनको आवरणमा भएका अपराधमा ७८७ मुद्दा दर्ता भएका छन् । जसमध्ये ६५८ मुद्दा फछ्र्योट भइसकेका छन् भने १२९ मुद्दा अनुसन्धानमा छन् ।’
पक्राउ परेकामध्ये २०७ जना पुर्पक्षका लागि थुनामा छन् । ४७० जना धरौटीमा, २४३ जना हाजिरी जमानीमा र २१ जना साधारण तारेखमा रिहा भएका छन् । हाल ८ जना अझै हिरासतमा छन् । केही आरोपी फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सर्वोच्च अदालत जलाउने, नेताका घरमा लुटपाट गर्ने, प्रहरीको हतियार लुट्ने जस्ता घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी डकैती, हातहतियार, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी मुद्दा दायर गरेको छ । सरकारको यो निर्णयले भदौ २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्ष पहिचान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने