
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
काठमाडौं, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टीका कार्यकर्ताहरू देशव्यापी रूपमा सडकमा उत्रिएका छन् । शनिबार पोखराको पृथ्वीचोकमा एमाले कार्यकर्ताहरूले कार्की आयोगको प्रतिवेदन जलाएर विरोध जनाएका थिए भने काठमाडौंमा प्रदर्शन उग्र बन्दै गएको थियो ।
प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता युवराज ओलीको टाउको फुटेको छ । सिंहदरबारको दक्षिण गेट नजिक भएको लाठीचार्जमा घाइते भएका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइते ओलीको टाउकोमा पाँच टाँका लगाइएको छ ।
माइतीघर मण्डलामा एमालेका २३ वटा जनसंगठनहरूले आयोजना गरेको विरोध प्रदर्शनमा कार्यकर्ताहरूले सरकारविरुद्ध नारा लगाएका थिए । उनीहरूले टायर बाल्ने र केही निजी सवारी साधन तोडफोड गर्ने काम पनि गरे । प्रदर्शन बढ्दै जाँदा केही कार्यकर्ता सिंहदरबारको दक्षिण गेटतर्फ पुगेका थिए । त्यहाँ ढुंगामुढा भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
प्रदर्शनका क्रममा राजु तिवारी, विमल धमला, जगराज शाहीसहित चार जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैगरी बबरमहल र सिंहदरबार आसपासबाट थप कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदर्शनकारीहरूले सिंहदरबार प्रवेश गर्न खोजेपछि सामान्य लाठीचार्ज गरिएको थियो । परिसरका एसपी पवन भट्टराईले स्थिति अहिले सामान्य रहेको बताएका छन् । ओलीको पक्राउलाई लिएर एमालेले आइतबारबाट थप विधिवत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी