
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टीका कार्यकर्ताहरू देशव्यापी रूपमा सडकमा उत्रिएका छन् । शनिबार पोखराको पृथ्वीचोकमा एमाले कार्यकर्ताहरूले कार्की आयोगको प्रतिवेदन जलाएर विरोध जनाएका थिए भने काठमाडौंमा प्रदर्शन उग्र बन्दै गएको थियो ।
प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता युवराज ओलीको टाउको फुटेको छ । सिंहदरबारको दक्षिण गेट नजिक भएको लाठीचार्जमा घाइते भएका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइते ओलीको टाउकोमा पाँच टाँका लगाइएको छ ।
माइतीघर मण्डलामा एमालेका २३ वटा जनसंगठनहरूले आयोजना गरेको विरोध प्रदर्शनमा कार्यकर्ताहरूले सरकारविरुद्ध नारा लगाएका थिए । उनीहरूले टायर बाल्ने र केही निजी सवारी साधन तोडफोड गर्ने काम पनि गरे । प्रदर्शन बढ्दै जाँदा केही कार्यकर्ता सिंहदरबारको दक्षिण गेटतर्फ पुगेका थिए । त्यहाँ ढुंगामुढा भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
प्रदर्शनका क्रममा राजु तिवारी, विमल धमला, जगराज शाहीसहित चार जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैगरी बबरमहल र सिंहदरबार आसपासबाट थप कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदर्शनकारीहरूले सिंहदरबार प्रवेश गर्न खोजेपछि सामान्य लाठीचार्ज गरिएको थियो । परिसरका एसपी पवन भट्टराईले स्थिति अहिले सामान्य रहेको बताएका छन् । ओलीको पक्राउलाई लिएर एमालेले आइतबारबाट थप विधिवत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ ।