
१मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, ११ चैत । जेन–जी आन्दोलनका क्रममा हिंसात्मक प्रदर्शनकारीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको भवन, महत्वपूर्ण कागजात, हातहतियार र सवारीसाधन जोगाएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतलाई पुरस्कारका लागि सिफारिस गरिएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जेन–जी घटना जाँचबुझ आयोगले डीएसपी बस्नेतको उच्च नेतृत्व, संयम र व्यावसायिकताको प्रशंसा गर्दै उनलाई पुरस्कार सिफारिस गरेको हो ।
आयोगको प्रतिवेदनका अनुसार, आन्दोलनका क्रममा अत्यन्त तनावपूर्ण अवस्थामा पनि डीएसपी बस्नेतको टोलीले मानवीय क्षति न्यूनीकरण गर्ने गरी संयम अपनाएको थियो । नतिजास्वरूप सुरक्षाकर्मी र आन्दोलनकारी दुवैतर्फ कुनै मानवीय क्षति हुन पाएन ।
डीएसपी बस्नेतले तत्कालीन अराजक स्थितिमा जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका हातहतियार, मिसिल, फाइलहरू र प्रहरीका सवारीसाधनलाई सफलतापूर्वक बचाएका थिए । उनको कुशल नेतृत्वका कारण काठमाडौं केन्द्रित तथा देशव्यापी रूपमा चर्किएको आन्दोलनका बेला पनि हातहतियारसहितको प्रहरी टोली सकुशल जोगिन सफल भएको आयोगले निष्कर्ष निकालेको छ ।
डीएसपी बस्नेत २०८२ वैशाखमा कास्कीमा सरुवा भएर आएका थिए । यसअघि पनि उत्कृष्ट कार्यसम्पादनको लागि प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षकबाट पुरस्कृत भइसकेका उनी प्रहरी संगठनभित्र ‘संयमी र कुशल नेतृत्वकर्ता’का रूपमा चिनिन्छन् ।
आयोगले डीएसपी बस्नेतसहित थप ६ जना डीएसपीहरूलाई पनि पुरस्कारका लागि सिफारिस गरेको छ । तीमा कालिमाटी प्रहरी वृत्तका डीएसपी मधु थापा, मालिगाउँ वृत्तका डीएसपी सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण महाराजगन्जका डीएसपी चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका डीएसपी कृष्णकुमार चन्द र प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगाना रहेका छन् ।
यसबाहेक, आयोगले भदौ २४ गतेको प्रदर्शनलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेल्ने दुई जना व्यवसायीलाई पनि पुरस्कार सिफारिस गरेको छ । जसमा कोटेश्वरका स्वर्णिम गेष्ट हाउसका सञ्चालक शिवराज बाँडा र घडी पसल सञ्चालक गीताकुमारी साह रहेका छन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन