
१अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
३कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
८कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
११एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
१२बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
काठमाडौँ । विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उहाँ पहिलो ‘बक्सर’ हुनुहुन्छ ।
उहाँ हिमालयन चितुवा नामले बक्सिङ खेलमा विश्वचर्चित हुनुहुन्छ । यही मङ्सिर २८ गते जापानको टोकियोमा सो प्रतियोगिता आयोजना हुँदैछ । युवा समाजसेवी एवं व्यवसायी रामनारायण घिमिरेका अनुसार २१ वर्षीय हिमालयन चितुवा बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा भिड्नुहुनेछ । फिलिप पनि अन्तरराष्ट्रिय बक्सर खेलाडी हुनुहुन्छ । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवनारायण घिमिरेका छोरा अविरल अहिले आफ्ना बुबाकै विशेष प्रशिक्षणमा हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आउनुभएको छ ।
‘के वन किक बक्सिङ प्रतियोगिता’ लाई जापानसहित अन्तर्राष्ट्रिय बक्सिङ खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्छ । सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टका समेत खेलाडी देवनारायणले सन् २००४ मा भाग लिनुभएको थियो । उहाँ अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षक हुनुहुन्छ ।
समाजसेवी रामनारायणका अनुसार अविरलले हालसम्म ४७ व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेको र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठमा प्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल हुुनुभएको बताउनभुयो । अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको छ । “अविरलसँग साहस, जोश र लगनशीलता छ । नेपालका लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनौट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि उहाँलाई सरकार, खेलप्रेमी नेपालीको थप हौसला दिन आग्रह गर्छु”, सामाजीक सञ्जालमा देवनारायणले लेख्नुभएको छ ।
यसैगरी गैरआवासीय नेपाली सङ्घ जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा छनोट हुनु नेपालका लागि प्रतिष्ठाको विषय रहेको बताउनभुयो ।
बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुम्नुभएको थियो । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि जित्नुभएको थियो ।
यसैगरी उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल हुनुभएको थियो । सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्नुभएको थियो ।
सामाजिक सञ्चालमा बक्सर अविरलले भन्नुभएको छ, “पुनःएकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वमा थप परिचित गराउन चाहन्छु । मलाई थप ऊर्जा र हौसला दिनुहोस्, म प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु ।”
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा