
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
पोखरा, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की जिल्लामा कुल ४९ जना उम्मेदवारहरूले भाग लिएका थिए, जसमध्ये ४० जनाको धरौटी जफत भएको छ । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले पूर्ण विजय (क्लिनस्विप) हासिल गर्दा नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेक अन्य सबै दलका तथा स्वतन्त्र उम्मेदवारहरूले आवश्यक न्यूनतम मत प्राप्त गर्न नसकेकाले धरौटी रकम जफत भएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेमा धरौटी जफत हुने कानुनी प्रावधान रहेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए । उनका अनुसार धरौटी जफत भएका ४० मध्ये ३२ जनाले १ प्रतिशतभन्दा पनि कम मत मात्र प्राप्त गरेका छन् ।
धरौटी जफत भएकाहरूमध्ये सबैभन्दा बढी मत कास्की १ बाट नेकपाका राजकाजी गुरुङले प्राप्त गरेका छन् । उनले प्राप्त गरेको मत २,४७९ रहेको थियो । सबैभन्दा कम मत भने कास्की–२ का स्वतन्त्र (कांग्रेस बागी) निर्देशविक्रम पौडेलले पाएका छन् । उनले जम्मा ६ मत पाएका हुन् । पौडेल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य तथा पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पस इकाइ सभापति समेत हुन्। उनले नेपाली काँग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’लाई विज्ञप्ति जारी गर्दै समर्थन जनाएका थिए ।
कास्की क्षेत्र नं. १ मा १७ जना उम्मेदवार थिए । रास्वपाका खड्कराज पौडेल (गनेस ले ३९,८८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाट र नेकपा (एमाले) का वैनबहादुर क्षेत्री (अधिकारी)ले मात्र धरौटी फिर्ता पाए । अन्य १४ जनाको धरौटी जफत भएको छ । जसमा कुल सदर मत ६७,४१० थियो।
धरौटी जफत हुने उम्मेदवारहरूमा (दलहरू सहित) रविमोहन ढकाल (राष्ट्रिय जनमोर्चा), मनीषा द्वा (उज्यालो नेपाल), कर्णबहादुर गुरुङ (प्रलोपा), राजकाजी गुरुङ (नेकपा), श्रीमान थापा (मंगोल नेसनल अर्गनाइजेसन), कृष्णबहादुर राउत (स्वतन्त्र), वीरबहादुर तामाङ लामा (श्रम संस्कृति), कुमार परियार (नेकपा माओवादी), आशबहादुर दमै (नेपाल मानवतावादी पार्टी), मीनबहादुर दर्जी (नेपाल जनमुक्ति पार्टी), यज्ञबहादुर गुरुङ (नेसनल रिपब्लिक नेपाल), हर्कबहादुर थापा (आम जनता पार्टी), बाबुराम थापा (राप्रपा), रामकाजी चर्माकार (जसपा नेपाल) रहेका छन् ।
कास्की क्षेत्र नं. २ मा रास्वपाका उत्तम पौडेलले ३१,९११ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रश्मि आचार्य र नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोलाले धरौटी फिर्ता पाएका छन् । अन्य १४ जनाको धरौटी जफत भएको छ । जसमा कुल सदर मत ५०,६७५ रहेको छ ।
धरौटी जफत हुने उम्मेदवारहरूमा (दलहरू सहित) हेमबहादुर थापा पराजुली ‘अमोद/किरण’ (नेकपा), ओलबहादुर गुरुङ (मंगोल नेसनल अर्गनाइजेसन), विनिता अवाल (नेमकिपा), कुशल गुरुङ (उज्यालो नेपाल पार्टी), विष्णुप्रसाद तिवारी (स्वतन्त्र), हेमजंग गुरुङ (राप्रपा), ज्ञानराज गुरुङ (नेसनल रिपब्लिक नेपाल), रामचन्द्र आचार्य (स्वतन्त्र), ख्यामबहादुर गुरुङ (नेपाल जनमुक्ति पार्टी), निरञ्जन कोइराला (स्वतन्त्र), निर्दोषविक्रम पौडेल (स्वतन्त्र), प्रेमबहादुर थापा (नेकपा माओवादी), वसन्तराज घिमिरे (स्वतन्त्र), दीपक भण्डारी (प्रलोपा) रहेका छन् ।
कास्की क्षेत्र नं. ३ मा रास्वपाकी बिना गुरुङले ३७,७५० मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङ र नेकपा (एमाले)का दामोदर बैरागीले भने धरौटी बचाएका छन् । अन्य १२ जना उम्मेदवारको धरौटी जफत भएको छ । जसमा कुल सदर मत ६२,६४९ थियो ।
धरौटी जफत हुने उम्मेदवारहरूमा (दलहरू सहित) टेकबहादुर सार्की (संयुक्त नागरिक पार्टी), कुशल थापा क्षेत्री (आम जनता पार्टी), मिना न्हिसुतु (नेमकिपा), तर्कबहादुर गुरुङ (उज्यालो), ओमप्रकाश विश्वकर्मा (नेपाल मातृभूमि पार्टी), गोपाल गिरी (नेकपा), अर्जुनप्रसाद खनाल (राप्रपा), जीवनबहादुर गुरुङ (मंगोल नेसनल अर्गनाइजेसन), मीनबहादुर थापा (नेपाल जनमुक्ति पार्टी), तिरथ गुरुङ (नेसनल रिपब्लिक नेपाल), कमल खड्का विश्वकर्मा (नेकपा माओवादी), हितकाजी गुरुङ (श्रम संस्कृति) रहेका छन् ।
गण्डकी प्रदेश, कास्की जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारहरूले प्राप्त गरेको मत क्रमशः
गण्डकी प्रदेश, कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारहरूले प्राप्त गरेको मत क्रमशः
गण्डकी प्रदेश, कास्की जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारहरूले प्राप्त गरेको मत क्रमशः
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन