
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, २२ फागुन । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले भारी मतान्तरसहित विजय हासिल गरेकी छन् । व्यवसाय र समाजसेवाको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी बिनाले ३७ हजार ७५० मत प्राप्त गर्दै संसद प्रवेश गरेकी हुन् । यो जितसँगै उनी गण्डकी प्रदेशमा रास्वपाबाट निर्वाचित एकमात्र महिला सांसद बनेकी छन् ।
कुल ६५ हजार ४०७ मत खसेको यस क्षेत्रमा बिनाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरुङलाई २४ हजार ९७० मतको अन्तरले पराजित गरिन् । मनोजले १२ हजार ७८० मत मात्र प्राप्त गरे । तेस्रो स्थानमा नेकपा (एमाले) का दामोदर बैरागी रहे, जसले ७ हजार ९०६ मत पाए ।
अन्य उम्मेदवारहरूमा नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार ४५६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अर्जुन खनालले १ हजार ४०६, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६ र उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६३ मत प्राप्त गरे । नेकपा (माओवादी) का कमल खड्का विश्वकर्मा लगायत साना दलका उम्मेदवारहरूको मत भने नगण्य रह्यो ।

कास्की क्षेत्र नं. ३ बाट रास्वपाकी बिना गुरुङ विजयी भए पश्चात् आफ्ना कार्यकर्ताहरुसँग खुशी साट्दैं । तस्विर: राम गुरुङ
बिनाको यो जितलाई वैकल्पिक राजनीतिप्रतिको बढ्दो आकर्षण र जनजाति तथा महिला प्रतिनिधित्वको सफलताका रूपमा हेरिएको छ । रास्वपाको कास्की कोषाध्यक्षसमेत रहेकी बिना पहिलो पटक चुनावी मैदानमा उत्रिएकी थिइन् । उनको पारिवारिक पृष्ठभूमि आर्थिक रूपमा सम्पन्न छ भने उनी सञ्जीवनी सिस्टर्स एसोसिएसनकी संस्थापक अध्यक्षका रूपमा महिलाहरूको सशक्तीकरण र बालबालिकाको क्षेत्रमा सक्रिय छिन् ।
यस संस्थामार्फत उनले सयौं महिलालाई तालिम, सहयोग र सशक्तीकरणका काम गरेकी छन् । यसबाहेक, तमुधिं नेपालको केन्द्रीय सदस्य, लायन्स क्लब, सिर्जना संसार कोसेली घर, तमु सांस्कृतिक प्रतिष्ठान र कोपिला नेपाल जस्ता संस्थाहरूसँगको आवद्धताले उनको सामाजिक सक्रियता झल्काउँछ । विभिन्न व्यावसायिक प्रतिष्ठानमा निर्देशकका रूपमा काम गरेकी बिनाले आफ्नो अनुभवलाई राजनीतिक यात्रामा रूपान्तरण गरिन् ।
चुनावी प्रतिस्पर्धामा बिनाका प्रमुख चुनौतीहरू सांगठनिक रूपमा बलिया दलहरू थिए । नेकपा (एमाले) ले पुरानो उम्मेदवार दामोदर बैरागीलाई दोहो¥याएको थियो, जसले अघिल्लो चुनावमा २२ हजार ९८० मतसहित जितेका थिए । नेपाली कांग्रेसले मनोज गुरुङलाई अगाडि सारेको थियो, जसले पार्टीको सुधारिएको छविलाई जोड दिएका थिए ।
नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल गिरी वैचारिक र शालीन उम्मेदवारका रूपमा मैदानमा थिए । राप्रपाबाट अर्जुन खनालले आफ्नो एमाले पृष्ठभूमि र पुरातन मत आधारलाई जोडेर प्रतिस्पर्धा गरेका थिए । उज्यालो नेपालबाट तर्कबहादुर गुरुङ र नेकपा (माओवादी) बाट कमल खड्का विश्वकर्मा जस्ता उम्मेदवारहरूले पनि मत विभाजनको जोखिम बढाएका थिए । तर, जेनजी आन्दोलनको जगमा उभिएको रास्वपाको तल्लो तहबाटै बढेको आकर्षण, बिनाको सामाजिक कामको अनुभव र गुरुङ समुदाय तथा महिलाहरूको समर्थनले उनलाई जित दिलायो ।