
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
गोरखा, २२ फागुन । गोरखा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी क्षेत्र (चुमनुव्री गाउँपालिका) बाट मतपेटिका ढुवानी गर्ने क्रममा नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण पोखरामा अवतरण गर्नुपरेको छ ।
चुमनुव्री–१ स्थित साम्दो र गौरीशंकर आधारभूत विद्यालयका मतदान केन्द्रबाट संकलित मतपेटिका बोकेर उडेको हेलिकोप्टर मौसम प्रतिकूल हुँदा पोखरामा सुरक्षित अवतरण गरेको हो । यो घटनाले उत्तरी गोरखाका बाँकी मतपेटिका सदरमुकाम गोरखा ल्याउने प्रक्रियालाई थप प्रभावित बनाएको छ ।
जिल्लाका अनुसार चुमनुव्री गाउँपालिकाका कुल २३ मतदान केन्द्रमध्ये हालसम्म ७ वटाको मतपेटिका मात्र गोरखा सदरमुकाम पुर्याइसकिएको छ । बाँकी केन्द्रहरूबाट मौसम खराबीका कारण ढुवानी प्रभावित बनेको छ ।
खराब मौसमका कारण सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन हुन नसक्दा मतगणना प्रक्रिया सुरु हुन सकेको छैन । मतगणना अब शनिबार (भोलि) मात्र सुरु हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठका अनुसार हालसम्म ९ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइपुगेका छन् भने १४ वटाको बाँकी छ । नाम्रुङ, प्रोक र सिर्दिवास क्षेत्रका केन्द्रहरूबाट मतपेटिका संकलन हुन सकेको छैन ।
‘मौसमले साथ नदिएपछि थप फ्लाइट हुन सकेन,’ प्रजिअ श्रेष्ठले भने, ‘हेलिकप्टर स्ट्यान्डबाइ राखेका छौं । भोलि मौसम सफा भए बिहानैबाट मतपेटिका ल्याउने तयारी छ ।’
यो क्षेत्रको भौगोलिक विकटता र हिमाली मौसमका कारण मतपेटिका ढुवानीमा नियमित चुनौती आउने गरेको छ । सबै मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो, तर मौसमका कारण परिणाम प्रकाशनमा ढिलाइ भएको हो । मतगणना सुरु भएपछि तत्काल अपडेट उपलब्ध गराइने अपेक्षा गरिएको छ ।