
१मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं, २१ फागुन । आज बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य नभएको निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले परिचयपत्र नभए पनि छ प्रकारका सरकारी कागजातमध्ये कुनै एकको सक्कलप्रति बोकेर मतदान केन्द्र प्रवेश गरी मताधिकार प्रयोग गर्न सक्नेछन् ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, मतदानका लागि मान्य हुने कागजातहरू यस प्रकार छन्— मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स), राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र र जग्गाधनी प्रमाणपुर्जा (लालपूर्जा) । यीमध्ये कुनै एक सक्कल कागजात साथमा नलिई मतदान केन्द्र प्रवेश गर्न नपाइने उनले बताए ।
परिचयपत्र हराएको, नष्ट भएको वा साथमा नभएको अवस्थामा पनि अन्य वैकल्पिक कागजातबाट मतदान गर्न पूर्ण रूपमा सहज बनाइएको आयोगले जनाएको छ । यस व्यवस्थाले मतदातालाई कुनै पनि कारणले मताधिकारबाट वञ्चित हुन नपर्ने विश्वास गरिएको छ ।
यो निर्वाचनमा देशभर १० हजार ९६७ मतदानस्थलहरूमा कुल २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएका छन् । यसबाहेक १४३ अस्थायी मतदानस्थल पनि सञ्चालनमा छन् । निर्वाचन आयोगका अनुसार, एक करोड ८९ लाख तीन हजार ६८९ जना मतदाताले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्नेछन् ।
मतदातालाई समयमै आफ्नो निर्धारित मतदान केन्द्रमा पुग्न र परिचय खुल्ने सक्कल कागजात अनिवार्य रूपमा बोकेर जान आयोगले आग्रह गरेको छ । मतदान प्रक्रिया सुचारु र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको आयोगले बताएको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई