
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका प्रभावशाली नेता राजु राईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । टिकट वितरण प्रक्रियामा सुरुदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन् ।
‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसा र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ उनले लेखेका छन्, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’ उनले थपे, ‘नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु हो । पार्टी हाइज्याक भयो । टिकट बेच्ने हो भने यो पार्टी किन चाहियो र ? नेता वरपर घुमेर टिकट अरू पार्टीबाट पनि पाइन्छ नि । सुरुवातमा मात्रै पार्टी हुने रहेछ, त्यसपछि परिपाटीमा चल्ने रहेछ ।’
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट रास्वपाको तर्फबाट उम्मेदवार बनेका राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए । सोही क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ १५ हजार ८६४ मत ल्याएको थियो । धेरैले यसपटक पनि उनैलाई उम्मेदवार बन्ने अपेक्षा गरेका थिए र उनले पनि तयारी गरिरहेका थिए । तर, अहिले सो क्षेत्रबाट बालेन समूहसँग सम्बद्ध खड्कराज पौडेल (गनेस) ले टिकट पाएका छन् ।
राईको यो निर्णय रास्वपाभित्र देशव्यापी रूपमा देखिएको असन्तुष्टिको क्रममा आएको छ । पछिल्लो समय पार्टीमा टिकट वितरण, आर्थिक अपारदर्शिता, नेतृत्वको मनपरी, सिद्धान्तबाट विचलन र सक्रिय कार्यकर्तालाई पाखा लगाउने जस्ता आरोप लाग्दै आएका छन् । चुनाव नजिकिँदै गर्दा केन्द्रीय तहदेखि स्थानीय तहसम्मका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ ।
यी घटनाहरूले रास्वपामा आन्तरिक लोकतन्त्र र सुशासनको कमी भएको भन्दै व्यापक बहस सिर्जना गरेको छ ।