
१गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
३धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
४धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
५बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१०‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
११सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
१२रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
समावेशी व्यवस्था, दलित–महिला–जनजाति–मधेसी–मुस्लिम समुदायका हकअधिकारको सुनिश्चितता र स्थानीय तहसम्मको संघीय संरचना यही संघर्षको उपज हो । अधिकारीजस्ता योद्धाहरूले आफ्नो जीवन, परिवार र स्वास्थ्यलाई दाउमा राखेर यो परिवर्तन हासिल गरेका थिए ।
गोरखा, १४ फागुन । गोरखाका मतदाताले विगतको संघर्षलाई सम्झेर, घाइते योद्धा र सहिद परिवारको पीडालाई बुझेर निर्णय गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वसांसद हरिराज अधिकारी आशावादी देखिन्छन् ।
अधिकारी यतिबेला गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनमा होमिएका छन् । २०७४ सालको निर्वाचन जितेका उनी अहिले पुनः सांसद बन्ने लक्ष्यसहित जनताको घरघरमा पुगिरहेका छन् । संघर्षशिल, इमान्दार, जनयुद्धका घाइते र सहिद परिवारका सदस्य समेत रहेका अधिकारीलाई आमजनताले घरघरमा स्वागत गर्दै विगतको बलिदान र लगानीलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरिरहेका छन् ।
गोरखाको गण्डकी गाउँपालिका–५ दर्बुङस्थित अलैंचेमा जन्मेका अधिकारीको बाल्यकाल गाउँमै बित्यो । भवगती माविमा कक्षा ७ को अध्ययनपछि उनी विजय भवानी मावि मकैसिङ गए । कम्युनिस्ट शिक्षा प्रचार गरेको भन्दै विद्यालयबाटै निकालिए ।
‘त्यतिबेला म कक्षा ९ मा पढ्थें,’ अधिकारीले भने, ‘कम्युनिस्ट शिक्षा प्रचार ग¥यो, अवैध गतिविधि ग¥यो भनेर मलाई स्कुलबाट निकालियो, अनि घ्याच्चोक गएर एसएलसी दिएँ ।’
अधिकारी संघर्षशील योद्धामात्र होइनन्, उनी जनयुद्धका घाइते र सहिद परिवारका सदस्य पनि हुन् ।
अध्ययनलाई निरन्तरता दिँदै उनी गोरखा क्याम्पसमा आईएड भर्ना भए । ब्याक पेपर भएपछि नेपालगञ्ज गएर महेन्द्र बहुमुखी क्याम्पसमा पुनः आईएडमा भर्ना भए । त्यसपछि गोरखा क्याम्पस आएर बीएडमा भर्ना भए र त्यहींबाट स्नातक उत्तीर्ण गरे ।
पूर्वसांसदको अनुभव र संगठनात्मक पकड रहेका अधिकारीको विगतमा जितेको आधार र विकासका कामको सक्रिय रुपमा सहभागी भएको अनुभव छ । साथै अधिकारी संघर्षशील योद्धामात्र होइनन्, उनी जनयुद्धका घाइते र सहिद परिवारका सदस्य पनि हुन् ।
अधिकारीको राजनीतिक यात्रा २०४१ सालबाट सुरु भएको हो । नेकपा मसालको पार्टी सदस्यता लिएर राजनीतिमा होमिएका उनी २०४५ सालमा पार्टीको जिल्ला सदस्य हुँदै २०४७ सालमा तत्कालीन जनमोर्चाको जिल्ला सचिव बने । २०४३ देखि २०४५ सम्म गोरखा क्याम्पसको स्ववियु सभापतिसमेत भए ।

यो निर्वाचन केवल व्यक्तिगत होइन, जनयुद्धका पीडा र बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण र थप सुदृढीकरणको परीक्षा पनि हो ।
यो जनयुद्धले हजारौं योद्धा, घाइते र सहिद परिवारलाई ठूलो पीडा दियो—परिवार गुमाउनेहरूको आँसु, घाइतेहरूको शारीरिक–मानसिक व्यथा र सहिदहरूको बलिदानले नै आजको गणतन्त्र र संघीय नेपालको जग बसालेको छ ।
२०५४ सालमा पार्टीको उपब्युरो सदस्य बनेका उनी केन्द्रीय सदस्य हुँदै जनयुद्धको समयमा ब्रिगेड कमिसारसम्म भए । विभिन्न जिल्लामा पार्टी प्रमुखको भूमिका निर्वाह गर्दै केन्द्रीय समितिमा निरन्तर रहँदै आएका छन् ।
जनयुद्धका घाइते अधिकारी २०६१ सालमा म्याग्दीको बेनी र सिन्धुपाल्चोकको चौतारा आक्रमणमा घाइते भएका थिए । शरीरका विभिन्न भागमा गोलीको छर्रा लागेको उनी बताउँछन् । यो जनयुद्धले हजारौं योद्धा, घाइते र सहिद परिवारलाई ठूलो पीडा दियो—परिवार गुमाउनेहरूको आँसु, घाइतेहरूको शारीरिक–मानसिक व्यथा र सहिदहरूको बलिदानले नै आजको गणतन्त्र र संघीय नेपालको जग बसालेको छ ।
राजतन्त्रको अन्त्य, समावेशी व्यवस्था, दलित–महिला–जनजाति–मधेसी–मुस्लिम समुदायका हकअधिकारको सुनिश्चितता र स्थानीय तहसम्मको संघीय संरचना यही संघर्षको उपज हो । अधिकारीजस्ता योद्धाहरूले आफ्नो जीवन, परिवार र स्वास्थ्यलाई दाउमा राखेर यो परिवर्तन हासिल गरेका थिए ।
नेकपा उम्मेदवार अधिकारी विगतका अनुभव, जनयुद्धमा गरेको योगदान र आफूले थालनी गरेका विकास निर्माणका कामहरू नै जितको मुख्य आधार रहेको बताउँछन् ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई पराजित गरेका अधिकारीलाई यो पटक सहज छैन । त्यतिबेला एमालेको साथ थियो, अहिले एक्लै लड्दैछन् । यसअघि माओवादी र कांग्रेस मुख्य प्रतिस्पर्धी रहँदै आएको गोरखा–१ मा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको छ । रास्वपाका सुधन गुरुङ, कांग्रेसका प्रेम खत्री र एमालेका आरसी लामिछाने मुख्य प्रतिस्पर्धी देखिन्छन् ।
नेकपा उम्मेदवार अधिकारी विगतका अनुभव, जनयुद्धमा गरेको योगदान र आफूले थालनी गरेका विकास निर्माणका कामहरू नै जितको मुख्य आधार रहेको बताउँछन् । ‘म निर्वाचित हुँदा र नहुँदाको काम हेरे हुन्छ,’ उनी भन्छन्, ‘मेरो पालामा बेनीघाट–लार्के सडक र बुढीगण्डकी मुआब्जा वितरणको कामले तिव्रता पाएको थियो ।’ आफ्ना पालामा सकारात्मक कामको सुरुवात भएको भन्दै विगतका अनुभव प्रयोग गर्ने अवसर जनताले दिने अपेक्षा उनले गरेका छन् ।
गोरखाका जनता चुनावी घरदैलो कार्यक्रममा रमाउँदैं र स्वागत गर्दै ।
गोरखाका मतदाताले विगतको संघर्षलाई सम्झेर, घाइते योद्धा र सहिद परिवारको पीडालाई बुझेर निर्णय गर्नेछन् भन्ने अपेक्षा छ ।
चुनाव खर्च गरेर नभई स्वच्छ प्रतिस्पर्धाबाट जितिने उनको धारणा छ । अन्य प्रतिस्पर्धीबारे खासै बोल्न नरुचाएका उनले सुधन गुरुङलाई भने राजनीतिक यात्राका लागि शुभकामना दिँदै देशको विकास निर्माणमा अघि बढ्न सुझाव दिए ।
अधिकारीले भने, ‘युवा अवस्थामा राजनीतिमा प्रवेश गर्नुभयो, त्यो राम्रो हो । उहाँको यात्रा दिगो होस्, देशको विकासमा अघि बढ्नुहोस् भन्ने शुभकामना छ ।’
यो निर्वाचन केवल व्यक्तिगत होइन, जनयुद्धका पीडा र बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण र थप सुदृढीकरणको परीक्षा पनि हो ।
यो निर्वाचन केवल व्यक्तिगत होइन, जनयुद्धका पीडा र बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण र थप सुदृढीकरणको परीक्षा पनि हो । गोरखाका मतदाताले विगतको संघर्षलाई सम्झेर, घाइते योद्धा र सहिद परिवारको पीडालाई बुझेर निर्णय गर्नेछन् भन्ने अपेक्षा छ ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ