
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, १० फागुन । विशेष अदालतले पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा मुछिएकी पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र पूर्व सांसद रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आज आइतबार भएको सुनुवाइपछि उनलाई धरौटीमा छाड्ने अन्तिम आदेश जारी गरेको हो । विभिन्न स्रोतका अनुसार अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटी तोकेको छ । मुद्दाको सुनुवाइका लागि विशेष अदालत पुगेकी श्रेष्ठलाई यो आदेशपछि रिहा गरिएको छ ।
यो प्रकरण पोखरा महानगरपालिका–१६, बटुलेचौर क्षेत्रमा अवस्थित करिब १३४ रोपनी सरकारी जग्गा (लिची बगान वा लिचिबारी भनेर चिनिने) सँग सम्बन्धित छ । यो जग्गाको स्वामित्व हस्तान्तरण, नामसारी वा अन्य प्रशासनिक सुविधा प्रदान गर्नका लागि उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरू र मध्यस्थकर्ताहरूबीच घुसको ठूलो कारोबार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ । गत वर्ष विभिन्न अडियो रेकर्डिङ सार्वजनिक भएपछि प्रकरण बाहिर आएको थियो । ती अडियोमा पूर्वमन्त्रीहरू र दलालहरूबीच घुसको रकम, योजना र बार्गेनिङको कुराकानी स्पष्ट रूपमा सुनिएको थियो ।
अख्तियारले असोज २०८२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा दुई पूर्वमन्त्रीसहित सात जनालाई प्रतिवादी बनाएको थियो । उनीहरूविरुद्ध कुल ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । मुख्य अभियोग आपसी मिलेमतोमा पदको दुरुपयोग गरी कार्य सुविधा प्रदान गर्न घुस लेनदेन गरेको हो । प्रमाणका रूपमा अडियो रेकर्डिङ, बैंक कारोबार विवरण र डिजिटल फरेन्सिक रिपोर्टलाई आधार बनाइएको छ ।
प्रकरणमा संलग्न मुख्य प्रतिवादीहरूमा नेकपा एमालेका नेता एवम् पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ५३ लाख रुपैयाँ घुस लिएको, पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले २५ लाख रुपैयाँ घुस लिएको, तत्कालीन कास्की मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीले पनि आर्थिक फाईदा लिएको र विचौंलियाहरुमा सुजन लामा (तामाङ), यमकुमारी गुरुङ, तुलसीराम बुढामगर र खेम बहादुर पुन रहेका छन् ।
अख्तियारका अनुसार पूर्वमन्त्री गुप्ता र श्रेष्ठले मिलेमतोमा मालपोत कार्यालयका अधिकारीको सरुवा रोक्ने, भूमि आयोगमा सदस्य बनाउने जस्ता सुविधा दिने आश्वासन दिई घुस असुलेका थिए । यो घुस जग्गा हिनामिना वा नामसारी प्रक्रियालाई सहज बनाउनका लागि भन्दैं लिइएको थियो ।
यो मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उनी हाल थुनामा छन् र सर्वोच्च अदालतमा आदेश बदर तथा रिहाइका लागि निवेदन दिएका छन् । अन्य प्रतिवादीहरूमा केही धरौटीमा रिहा भएका छन् भने मुद्दा अझै चलिरहेको छ ।
यो प्रकरणले नेपालको जग्गा प्रशासन प्रणाली, मालपोत कार्यालय र राजनीतिक नेतृत्वमा रहेको भ्रष्टाचारको जालोलाई उजागर गरेको छ । मुद्दाको अन्तिम फैसला आउन बाँकी रहे पनि रन्जिता श्रेष्ठको धरौटी रिहाइले यसमा थप बहस सिर्जना गरेको छ ।