
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
३लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
४कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
५आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
६पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
७एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
८बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
९श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
११जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
काठमाडौं, २७ माघ । नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रूपमा घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजाअनुसार प्रति एक हजार जीवित जन्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ जना रहेको छ ।
यो दर गर्भावस्थादेखि नियमित स्वास्थ्य जाँच, खोप कार्यक्रम, पोषण सेवा तथा बाल स्वास्थ्य उपचारको सहज पहुँच बढेसँगै घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा यो दर केही उच्च देखिएको थियो भने सन् १९९६ तिर प्रति हजारमा ११८ सम्म पुगेको थियो ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा बाल मृत्युदर सबैभन्दा बढी ४८ जना प्रति हजार रहेको छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम २० जना मात्र छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, “गर्भावस्थामा नियमित जाँच, खोप, पोषण तथा बाल स्वास्थ्य सेवाको पहुँच बढ्दा यो सकारात्मक परिवर्तन आएको हो । सामाजिक चेतना बढेको छ, परिवारले गर्भवती तथा शिशुको स्याहारमा ध्यान दिन थालेका छन्, महिला साक्षरता बढेको छ । स्थानीय तहमा आधारभूत स्वास्थ्य केन्द्र र अस्पताल स्थापना भएकाले उपचार पनि सहज बनेको छ ।”
सर्वेक्षणअनुसार नवजात शिशु मृत्युदर (एक महिनाभित्रको मृत्यु) प्रति हजारमा १७ जना रहेको छ । यो दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २६ जना छ भने बागमती प्रदेशमा सबैभन्दा कम १० जना मात्र छ ।
त्यस्तै शिशु मृत्युदर (एक वर्ष नपुग्दैको मृत्यु) प्रति हजारमा २७ जना रहेको छ । यसमा पनि सुदूरपश्चिममा ३८ जना र बागमतीमा १७ जना रहेको देखिन्छ ।
प्रवक्ता डा. बुढाथोकीले बाल मृत्युदर घट्दो क्रममा रहे पनि पूर्ण रूपमा शून्य नबनाएसम्म सन्तुष्ट हुन नसकिने बताए । “खोप कार्यक्रमले संक्रामक रोगबाट बचाउँदा ठूलो योगदान गरेको छ, तर अझै धेरै काम बाँकी छ,” उनले भने ।
सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका खोप निःशुल्क प्रदान गर्दै आएको छ । यसमा बीसीजी, पोलियो, दादुरा–रुबेला, न्युमोकोकस, जापानिज इन्सेफलाइटिसलगायतका खोप समावेश छन् । गर्भवती महिलालाई टिटानस तथा डिप्थेरियाविरुद्धको खोप पनि दिइन्छ ।
आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिनजस्ता कार्यक्रम सञ्चालन गरी गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षा गरिँदै आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा यस्ता कार्यक्रमका लागि १३ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ