
१रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
२पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
३नवनिर्वाचित सांसदहरूले लिए शपथ
४कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
५सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
६रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
७सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
८महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
९‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
१०पाल्पामा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
११चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
१२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१०चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
पोखरा, २६ माघ । सहारा क्लब पोखराले आयोजना गर्ने २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। रजत वर्ष (सिल्भर जुभिली) को यो संस्करणलाई विशेष बनाउँदै पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइट जडान गरी सन्ध्याकालीन समयमा खेल सञ्चालन गरिने भएको छ।
प्रतियोगिता माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र हङकङको गार्खा इन्टरनेशनल फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेलहरू बेलुका करिब ५ बजेबाट सुरु हुने र पहिलो हाफ प्राकृतिक उज्यालोमा तथा दोस्रो हाफ फ्लडलाइटमा खेलाइने आयोजकले जनाएको छ। यसका लागि करिब २० लाख रुपैयाँ खर्चेर पोर्टेबल फ्लडलाइट जडान गरिएको छ, जसले दर्शक सङ्ख्या बढाउने र पोखरालाई खेलकुद पर्यटन गन्तव्यका रूपमा प्रचार गर्ने अपेक्षा गरिएको छ।
१२ टिम सहभागी हुने प्रतियोगितामा तीन विदेशी क्लब छन्, हङकङको गार्खा इन्टरनेशनल फुटबल क्लब, उज्बेकिस्तानको आभा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेड । नेपाली टिमहरूमा नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, फ्रेन्ड्स क्लब र आयोजक सहारा क्लब छन्।
पुरस्कार राशिमा यसपटक वृद्धि गरिएको छ। विजेताले १४ लाख १ हजार रुपैयाँ, उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। व्यक्तिगत विधामा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही २५ हजार रुपैयाँ तथा ट्रफी पाउनेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ र ट्रफी दिइनेछ। अनुशासित टिमलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
दर्शकलाई प्रोत्साहित गर्न प्रत्येक खेलमा भाग्यशाली दर्शकलाई ५ हजार रुपैयाँ र फ्यान अफ द म्याचलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था छ। सिजनल टिकट १ हजार २ सय रुपैयाँ, जर्सीसहित ३ हजार र जर्सी मात्र २ हजार रुपैयाँ टिकट दर तोकिएको छ । साधारण प्यारापिटमा प्रि–क्वार्टर तथा क्वार्टरफाइनलका लागि पश्चिम तर्फ २०० र अन्य तर्फ १०० रुपैयाँ, सेमिफाइनलमा ३०० र २०० रुपैयाँ तथा फाइनलमा ५०० र ३०० रुपैयाँ कायम गरिएको छ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौं’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको आहा ! रारा तयारी चाउचाउ रहेको छ ।
रजत वर्षको अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ प्रदान गरिनेछ। साथै, प्रतियोगितालाई २५ औं संस्करणसम्म पुर्याउन योगदान पुर्याउने २५ व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरिने क्लबले जनाएको छ। फोटो पत्रकार संघ कास्कीको संयोजनमा फोटो प्रदर्शनी पनि हुनेछ। क्लब अध्यक्ष केशवबहादुर थापाले खेलको गुणस्तर, दर्शक सुविधा र विशेष आकर्षणलाई प्राथमिकता दिइएको बताएका छन्।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने