
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, २२ माघ । कास्की क्षेत्र नम्बर २ मा चुनावी माहोल निकै तातिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यो क्षेत्रलाई आफ्नो लागि सहज जित्ने ‘हटस्पट’ का रूपमा लिएको छ र पार्टीभित्र उत्साहको लहर चलिरहेको छ। तीन वर्षअघिको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ दोस्रो स्थान हासिल गर्दै एमालेलाई कडा टक्कर दिएको थियो भने समानुपातिकतर्फ त पहिलो नै बनेको थियो।
अहिले पार्टीको संगठन सबै वडामा पुगेको र मतदाताको रुचान अझ बढेको दाबी गर्दै रास्वपाका नेताहरूले यो पटक सहजै जित निकाल्नेमा ढुक्क देखिन्छन्। गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीले त यसलाई अन्य क्षेत्रभन्दा सजिलो बताउँदै मतदाताको झुकाव अझै बढ्ने विश्वास व्यक्त गरेका छन्। रास्वपाबाट कास्की क्षेत्र नम्बर २ मा पत्रकारिता पृष्ठभूमिबाट आएका रवि लामिछानेका सबैभन्दा नजिकका प्रिय पात्र उत्तमप्रसाद पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।
शिक्षा र समाजमा फैलिएको विकृति विरुद्ध खरो रूपमा उत्रिएका जेनजी आन्दोलनका नेता निर्दोषविक्रम पौडेल यसपालि कास्की क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन्। उनी २६ वर्ष का युवा हुन् र चुनाव चिन्ह क्याल्कुलेटर लिएर प्रतिस्पर्धामा उत्रिएका छन्।
यता, एमाले भने आफ्नो पुरानो विरासत जोगाउन उच्च दबाबमा छ। पञ्चायतकालदेखि नै यो क्षेत्रमा लगातार जित्दै आएको एमालेका लागि कास्की–२ आफ्नो ’किल्ला’ मानिन्थ्यो। तर यसपालि विद्या भट्टराई चुनाव नलड्ने भएपछि र टिकट वितरणका क्रममा आन्तरिक असन्तुष्टि चुलिँदा पार्टीभित्र चुनौती थपिएको छ।
केन्द्रीय सदस्य रश्मी आचार्यले पाँच हजार मतान्तरले जित्ने दाबी गरिरहँदा पनि एमाले इतरका दलहरूले यो पटक एमालेको दाबी भत्किने ठोकुवा गरिरहेका छन्। रविन्द्र अधिकारी र पछि उनकी पत्नी विद्या भट्टराईले जितेको यो क्षेत्रमा एमालेको इतिहास जोगाउन अब आचार्यलाई कडा मेहनत गर्नुपर्ने देखिन्छ।
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा रास्वपा र एमालेबीच देखिए पनि नेपाली कांग्रेसले माधव बास्तोला ’मधु’लाई उम्मेदवार बनाएर आफ्नो प्रभाव फर्काउने प्रयासमा छ। उनी जेनजी आन्दोलनपछि पार्टी सुधारिएको र अब देशमा पनि सुधार ल्याउने एजेन्डा लिएर मैदानमा उत्रिएका छन्। पोखरामा इमान्दार नेताको छवि बनाएका बाँस्तोलालाई जिताउन काँग्रेसीजनहरु भने एक ढिक्का भएर लागेका छन् ।
भ्रष्टाचारमुक्त समाज, बौद्धिक तथा पुँजी पलायन रोक्ने, संविधान संशोधनजस्ता मुद्दा उठाउँदै युवा पुस्ताको माग सम्बोधन गर्ने उनको भनाइ छ। यसबाहेक नेकपा, राप्रपा, उज्यालो नेपाल पार्टी लगायतका दलहरूले पनि आफ्ना उम्मेदवार खडा गरेका छन् भने ५ जना स्वतन्त्रसहित कुल १७ जनाले मनोनयन दर्ता गराएका छन्।
पोखराको सहरी इलाका समेटिएको यो सानो भूगोलको क्षेत्रमा अब चुनावी सरगर्मी चर्किँदै गएको छ। रास्वपाको उत्साहले नयाँ ऊर्जा थपेको छ भने एमालेले आफ्नो परम्परागत प्रभाव कायम राख्न कस्सिएको छ। मतदाताको रुचि र परिवर्तनको चाहनाले यो पटक कस्तो नतिजा दिन्छ, हेर्न बाँकी छ – तर अहिले नै यो क्षेत्र चुनावी चर्चाको केन्द्रबिन्दु बनेको छ !