
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
३लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
४कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
५आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
६पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
७एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
८बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
९श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
११जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
काठमाडौं, १९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत कर्मचारीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई घुससहित पक्राउ गरेको हो ।
आयोगका अनुसार उनीहरूले कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग सहजीकरण गरिदिने बहानामा घुस÷रिसवत माग गरेको उजुरी परेपछि छापा मारिएको थियो । उजुरीका आधारमा अनुसन्धान गर्दा विभिन्न प्रमाण फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
पक्राउ परेका कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षको टेबुल घर्रा तथा साथबाट घुसबापत लिएको १० हजार रुपैयाँ, स्रोत नखुलेको नगद तथा अन्य रकम गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ । त्यसैगरी नायब सुब्बा रिजालको साथबाट घुसबापत २० हजार रुपैयाँ, स्रोत नखुलेको तथा अन्य स्रोतबाट प्राप्त रकम गरी जम्मा २ लाख ६८ हजार २८८ रुपैयाँ (वा सम्बन्धित विवरणअनुसार कुल रकम) बरामद गरिएको छ ।
समग्रमा विभिन्न व्यक्तिको साथ तथा कार्यालयबाट कुल २ लाख ६८ हजार २८८ रुपैयाँ नगद बरामद भएको तथा घटनासँग सम्बन्धित २३ थान मोबाइल सेटहरू पनि नियन्त्रणमा लिइएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ । अनुसन्धानका क्रममा थप प्रमाण संकलन कार्य जारी रहेको र उनीहरूमाथि आवश्यक कारबाही अगाडि बढाइएको आयोगले बताएको छ ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ