
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १४ माघ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश (पोखरा) ले प्रदेशभरि निष्क्रिय रहेका ३५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । यसमध्ये हालै मात्र ९ वटा सहकारीको दर्ता खारेज गरिएको हो भने यसअघि नै २६ वटाको खारेजी भइसकेको छ ।
गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ अनुसार, लगातार दुई वर्षसम्म कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका, वार्षिक विवरण, प्रतिवेदन तथा लेखापरीक्षण नगरेका संस्थाहरूको दर्ता खारेज गर्न सकिने व्यवस्था छ । यसै आधारमा कार्यालयले निष्क्रिय सहकारीहरूलाई गत असार १५ मा ३५ दिने सूचना जारी गरी अद्यावधिक हुन आह्वान गरेको थियो । सो अवधिमा अद्यावधिक नभएकामध्ये ९ वटाको दर्ता खारेज गरिएको हो । केही अन्य सहकारीहरू भने खारेजी प्रक्रियामा रहेका छन् ।
हालै खारेज भएका ९ सहकारीहरू यस प्रकार छन्ः
स्याङ्जा जिल्लाका ४ वटा (वालिङ नगरपालिका– टापु भञ्ज्याङ कृषि सहकारी संस्था लिमिटेड, कटौजे अदुवा उत्पादक सहकारी संस्था लिमिटेड; चापाकोट गाउँपालिका– खड्क कालो कृषि सहकारी संस्था लिमिटेड, सरोवर कृषि सहकारी संस्था लिमिटेड)
पर्वत जिल्लाका ४ वटा (कुश्मा नगरपालिका– गहते पखरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, प्रगति कफी सहकारी संस्था लिमिटेड, पूर्णेश्वर कफी सहकारी संस्था लिमिटेड, पर्वत आदर्श नमूना कृषि सहकारी संस्था लिमिटेड)
नवलपुर जिल्लाको १ वटा (हुप्सेकोट गाउँपालिका– भूपूसैनिक सहकारी संस्था लिमिटेड)
समग्रमा खारेज भएका ३५ सहकारीमध्ये सबैभन्दा बढी स्याङ्जाका १२ वटा, गोरखाका ६, पर्वतका ५, तनहुँका ४, कास्कीका ३, म्याग्दीका २ तथा लमजुङ, बागलुङ र नवलपुरका १–१ वटा छन् ।
सहकारी रजिष्ट्रार भेषराज रिजाल का अनुसार, खारेज भएका संस्थाहरूमा कुनै दायित्व (ऋण, कर, शुल्क आदि) बाँकी रहेमा त्यसको जिम्मेवारी सम्बन्धित संस्थाका सञ्चालक तथा पदाधिकारीहरूमा रहनेछ । उनीहरूले नै ती दायित्व पूरा गर्नुपर्ने जानकारी पनि सार्वजनिक सूचनामार्फत गराइएको छ ।
बागलुङ जिल्लामा पनि लामो समयदेखि निष्क्रिय रहेका सहकारीहरूलाई खारेज गर्ने प्रक्रिया अगाडि बढाइएको रिजालले बताएका छन् । यो कदमले प्रदेशमा सहकारी क्षेत्रलाई व्यवस्थित र सक्रिय बनाउने उद्देश्य राखिएको छ ।