
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ११ माघ । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका प्रा. डा. जगत तिमिल्सिना र नेकपा (एमाले) की सम्झना देवकोटा निर्वाचित भएका छन्।
आइतबार सम्पन्न मतदानमा कांग्रेस र एमालेको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनीहरूले दुई तिहाइभन्दा बढी मतभार प्राप्त गर्दै विजय हासिल गरे। तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे भने देवकोटाले ५ हजार १४ मतभार पाइन्। यो निर्वाचनमा कुल २२३ मत खसेको थियो।
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यका दुई पद रिक्त थिए। यसअघि २०७६ मा निर्वाचित भएका तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिएपछि यो निर्वाचन भएको हो। देशभर १९ पदका लागि निर्वाचन आयोगले एकैदिन मतदान गरेको थियो।
कांग्रेसबाट निर्वाचित तिमिल्सिना पार्टीको प्राध्यापक संघका केन्द्रीय अध्यक्ष हुन्। पार्टीले गण्डकीबाट ५० जनाको नाम सिफारिस गरे पनि केन्द्रले उनलाई उम्मेदवार बनाएको थियो। उनी प्रदेश वा जिल्लाबाट सिफारिस भएका थिएनन्।
एमालेबाट विजयी देवकोटा पटक–पटक निर्वाचनमा पराजित भइसकेकी छन्। २०८० को राष्ट्रिय सभा निर्वाचनमा उनी पराजित भएकी थिइन्। त्यसबेला कांग्रेस र माओवादीको गठबन्धन थियो। यसअघि २०७४ को स्थानीय निर्वाचनमा गोरखा नगरपालिकाको उपमेयर र २०७९ मा मेयर पदमा पनि उनी पराजित भएकी थिइन्।
गण्डकी प्रदेशमा निर्वाचनका लागि ५७ जना प्रदेश सांसद र १६९ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल मतदाता थिए। प्रदेशमा ६० सांसद रहने व्यवस्था भए पनि मनाङबाट निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ कारागारमा रहेकाले उनको सांसद पद खारेज भएको छ। यसबाहेक राप्रपाका दुई सांसद, केही स्थानीय तहका प्रमुख/उपप्रमुख मतदानमा उपस्थित भएनन्।
बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारी ठगी अभियोगमा कारागारमा छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन्। वालिङ नगरपालिकाकी उपप्रमुख कविता गैरे जर्मनीमा पारिवारिक काममा रहेकी छन्। मनाङको नार्पाभूमी गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा पनि मतदानमा सहभागी भएनन्। यी निर्वाचित सदस्यहरूले अब राष्ट्रिय सभामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा